काठमाडौं । भक्तपुरमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तिर्थ भ्रमण गराएको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष माघ १९ गते शनिबार ललितपुरका केही तिर्थस्थानमा सदस्यलाई भ्रमण गराएको हो ।
संस्थाले यो वर्ष ललितपुरको बैतर्णी धाम र कालेश्वर महादेव मन्दिर दर्शन गराएको जनाएको छ । तिर्थ भ्रमणमा ९० जना सदस्यहरूको सहभागिता रहेको संस्थाकी ब्यवस्थापक दिपा श्रेष्ठ क्षेत्रीले जानकारी दिइन ।
उनले देशका रहेका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरु, धार्मिक, सांस्कृतिक तथा पौराणिक मठमन्दिरको प्रचारप्रसार गर्नु सहकारीको सामाजिक दायित्व रहेको पनि बताइन् ।
Leave a comment