जनहितकारी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न

जनहितकारी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्ष्यता तथा राष्ट्रिय सहकारी महासंघका सदस्य हरिहरनाथ योगीको प्रमुख आथित्यतामा आर्थिक वर्ष २०८१।०८२ को अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको हो ।

संस्थाका सचिव यामराज गिरीले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष तिर्थराज गिरी, लेखा समिति संयोजक हिरालाल सुनार संस्थाका व्यवस्थापक हिमलाल गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष नवराज कंडेलले संस्थाको ६ महिनासम्मको प्रगती, सम्पन्न कार्य, गर्न बांकि कार्य शेयर सदस्यलाई दिएको सेवाका विषयमा चर्चा गरेका थिए ।

प्रमुख अतिथि योगिले संस्थाको गति र प्रगतिमा समीक्षा बैठक अत्यन्तै महत्वपुर्ण हुने हुँदा यसलाई औपचारिक्तामा मात्र हेर्नु नहुने बताए । संस्थाका सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगिले संस्थाका गतिविधिहरू प्रस्तुत गरेका थिए । त्यसैगरी सेवाकेन्द्र प्रमुखहरुले आ–आफ्नो शाखाको त्रैमासिक लक्ष्य तथा योजनाहरु प्रस्तुत गरेका थिए ।



Leave a comment