बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव सम्पन्न

बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । काभ्रेमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारीले विभिन्न कार्यक्रमहरु गर्दै २६ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिबसराज खड्का, जिल्ला सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सागर कपालीलगायतको उपस्थिति थियो ।

समारोहमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, संरक्षित पुँजी फिर्ता कोषबाट अधिकतम् रकम प्राप्त गर्ने ८ जना सदस्यहरुलाई र संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा नियमित रक्तदान गर्ने २ जना रक्तदाताहरुलाई सम्मान गरेको थियो ।

त्यसैगरी संस्थाले दश जोड दुई उत्तीर्ण गर्ने २६ जना, स्नातक तह उत्तीर्ण गर्ने ४ जना र स्नातकोत्तर तह उत्तीर्ण गर्ने ४ जना गरी ३४ जनाले संस्थाबाट ‘बुसा शैक्षिक सम्मान’ प्राप्त गरेका थिए । त्यसैगरी संस्थाले २० वर्षभन्दा बढी सेवा गर्ने अधिकृत इन्दिरा कार्की केसीलाई दीर्घसेवा पदक र बरिष्ठ सहायक सागर कुँबरलाई आर्थिक वर्ष ०८०र०८१ को लागि उत्कृष्ट कर्मचारी वर्ष २०८० द्वारा सम्मानित गरेको छ ।

सोही अवसर संस्थाले फरक क्षमता (अपाङ्गता) भएका १५ जना सदस्यहरुलाई सहयोग उपलब्ध गराउने कार्यक्रम शुरुवातको घोषणा समेत गरेको छ । समारोहमा संस्थाले २६ वर्ष प्रवेशको अवसरमा यस अघि नै सञ्चालन गरेको विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिताका बिजेताहरुलाई समेत पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

संस्था २०८१ पुष मसान्तसम्ममा संस्थामा कुल १९ हजार १०३ जना शेयर सदस्य र ७ हजार ९५६ बाल बचतकर्ताहरु गरी २७ हजार ५९ जना रहेका छन् । संस्थाको शेयर पूँजी १६ करोड ९२ लाख, कूल बचत १ अर्ब ७० करोड रुपैयाँ, लगानी १ अर्ब ३७ करोड र कुल संस्थागत पुँजी १७ करोड १ लाख रहेको छ। संस्थाको कूल सम्पत्ति २ अर्ब ११ करोड ३५ लाख पुगेको छ ।



Leave a comment