ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अध्यादेश तथा राष्ट्र बैंकको निर्देशन र मापदण्डका विषयमा जिल्ला भरिबाट सुझाव संकलन गर्नेभएको छ । संघले १८ गते शुक्रबार ललितपुर जिल्ला भरिका सहकारीकर्मीहरुको सुझाव लिनेभएको हो ।
संघले सहकारी सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ र वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि राष्ट्र बैंकद्वारा जारी गरिएको निर्देशन र मापदण्डका विषयमा माघ १८ गते, शुक्रबार, साझा पार्टी प्यालेस, लगनखेलमा बृहत सुझा संकलन कार्यक्रम राखिएको संघका अध्यक्ष रामहरी बजगाईले जनाए ।
जिल्लाका सवै सहकारीकर्मीहरुको साझा धारणा सहित सम्बन्धित निकायहरु सुझाव बुझाउने भएकोले वृहत सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजगाईले जनाए ।
उनले ललितपुर जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संस्थाहरुलाई उक्त कार्यक्रमा सक्रिय सहभागी भईदिन अनुरोध पनि गरेका छन् । संघले अध्यादेश २०८१, निर्देशन र मापदण्ड क्यूआर कोडबाट हेर्न सकिने ब्यवस्था पनि गरेको जनाए ।
Leave a comment