हाइलाइट

विभिन्न बचत संघद्धारा अध्यादेशका बुँदा संशोधनका लागि सुझाव

विभिन्न बचत संघद्धारा अध्यादेशका बुँदा संशोधनका लागि सुझाव :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले संयोजन गरि सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्ड मस्यौदामा संशोधनका लागि विभिन्न संघहरुको तर्फबाट सुझाव बुझाइएको छ ।

भक्तपुर संघले सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, नेपाल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघलाई सुझाव बुझाएको छ । संघका तर्फबाट अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सम्वन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यसैगरी बागमती प्रदेश भित्रका १३ वटा जिल्ला बचत तथा ऋण सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारीको संयुक्त सुझाव बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले बुझाएका थिए ।

तपसिल

१) नेपालको संविधान बमोजिम सम्पत्तिको हक उपभोग गर्न पाउने नेपाली नागरिककोे मौलिक हक हनन हुनेगरी कार्यक्षेत्रको आधारमा सदस्यको व्यक्तिगत बचतको सिमा तोकेको व्यवस्था खारेज गर्नुपर्ने ।

२) नेपालको संविधान बमोजिम नेपाली नागरिकले सहकारी संस्थामा सदस्य बनी कारोबार गर्न पाउने अधिकारलाई हनन हुने गरी एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढी सहकारी संस्थामा सदस्य हुन नपाउने व्यवस्था खारेज गर्नुपर्ने ।

३) सहकारी संस्थामा नेतृत्वको वृत्ति विकास गर्नु पर्नेमा एकै पटक अनुभवी नेतृत्वनै खाली हुन सक्ने गरीे “कुनै पनि व्यक्ति सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकाल भन्दा वढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन नसक्ने” व्यबस्थालाई संशोधन गरी “कुनै पनि व्यक्ति सहकारी संस्थाको एउटै पदमा निरन्तर दुई कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन नपाउन”े व्यवस्था गर्नुपर्ने ।

४) प्रारम्भिक सहकारी संस्था वा संघको संचालक माथिल्लो तहको कुनै एक संघमा सञ्चालक हुन सक्ने व्यवस्था थप्नुपर्ने ।

५) सहकारी संस्थाले माथिल्लो संघमा बचत गरेको रकमलाई पनि तरलता कायम गर्नुपर्ने ।

६) सहकारी संस्थाको संचालकको संख्या नेपाल राष्ट्र बैंकले तोकिएकोमा व्यवहारिक नभएकोले सहकारी ऐन मार्फत नै व्यवस्थित गर्नुपर्ने ।



Leave a comment