हाइलाइट

देवचुलीमा कोपोमिस तालिम 

देवचुलीमा कोपोमिस तालिम  :: Sahakari Akhabar

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको आयोजना तथा जिल्ला सहकारी संघ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को समन्वयमा देवचुली नगरपालिकामा कोपोमिस तालिम सम्पन्न भएको छ । माघ ७ देखि ९ गतेसम्म सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम भएको हो ।

सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता रहेको तालिममा जिल्ला सहकारी संघका अध्यक्ष तिलकप्रसाद पराजुली, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपाल, जिल्ला सहकारी संघका उपाध्यक्ष तुलमणि पौडेल तथा सचिव श्यामसुन्दर लामिछानेको उपस्थिति रहेको थियो ।

तालिममा देवचुली नगरपालिका, कावासोती नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका समेतका स्थानीय तहका विभिन्न सहकारी संस्थाका २६ जना व्यवस्थापन कर्मचारीहरूको सहभागीता रहेको थियो ।

तालिममा सहकारी कानुन तथा सुशासन प्रवर्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्था, सहकारीका समस्या र समाधानका उपाय, कोपोमिस तथ्यांक प्रणालीको परिचय र कोपोमिस प्रणालीमा सहकारी तथ्यांक प्रविष्टि सम्बन्धी कार्यपत्र प्रस्तुती एवं प्रयोगात्मक प्रदर्शन र अभ्यास समेत भएको थियो ।

सहकारी रजिष्ट्रार भेषराज रिजाल, तथ्यांक अधिकृत सूर्य प्रसाद आचार्य र जिल्ला सहकारी संघका अध्यक्ष तिलकप्रसाद पराजुलीले कार्यपत्र प्रस्तुती एवं सहजीकरण गरेका थिए भने व्यवस्थापकीय सहजीकरण नायब सुब्बा सूर्य तिवारीले गरेका थिए ।

कार्यक्रममा सहकारी रजिष्ट्रार रिजालले सहकारीमा नीति, विधि भनेको कानुन र प्रक्रियागत विषयहरू भएको र प्रविधि भनेको सिष्टम सफ्टवेयर, सूचना प्रणाली आदि रहेको बताए । उनले सहकारी संस्थाले सिष्टम सफ्टवेयरमा सही तथ्य तथ्यांक र निर्दिष्ट प्रमाणहरूको प्रविष्टि गर्नुका साथै सहकारी सञ्चालन एवं व्यवस्थापनमा कानुनको परिपालना गर्नुपर्ने कुरामा जोड दिए ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा संघको नियमन क्षेत्राधिकारभित्र १९, गण्डकी प्रदेश सरकारको नियमन क्षेत्राधिकारभित्र ५१ र सम्बन्धित स्थानीय सरकारको नियमन क्षेत्राधिकारभित्र १७२ गरी २४२ वटा सहकारी संघ संस्था रहेका छन् ।



Leave a comment