काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थी सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध ३ देखि १५ वर्ष सम्मका बाल बचतकर्ताहरूका लागि विद्यार्थी सशक्तिकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रतियोगितात्मक क्रियाकलापहरू पनि आयोजना गरिएको थियो । कार्यक्रममा विविध प्रतियोगिताहरूमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
शनिबार संस्थाका बाल बचतकर्ताहरुले आफूहरु आवद्ध सहकारीबारे जानकारी लिनुका साथै विभिन्न मनोरञ्जनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागी भएका थिए ३ सय बढी बालबालिकाका साथै अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमा विभिन्न उमेर समूहको आधारमा चित्रकला, नृत्य, भाषण, गायन, हस्तलेखन, खुत्रुकेमा पैसा जम्मा गर्ने र चम्चा गुच्चा कार्यक्रम आयोजना गएिको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले जानकारी दिए । बालबालिकाहरुलाई उनीहरुको रुचि अनुसारका कार्यक्रममा सहभागि भई क्षमता, वृद्धि विकाससँगै भविष्यमा पेशा व्यवसायको रुपमा अगाडी बढाउन सक्नेगरी कार्यक्रमको डिजाईन भएको कार्कीको भनाइ छ।
कार्यक्रका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले बाल बचतकर्तालाई एकतावद्ध बनाई आयोजित यस्ता कार्यक्रमले उनीहरुको वृति विकाससँगै सहकारी क्षेत्रमा राम्रो सन्देश जाने बताए ।
Leave a comment