विराटनगर । मोरङको बुढीगंगामा रहेको राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था २५ औं बर्षमा प्रवेश गरेको छ । सहकारीको सम्पन्न २४ औं बार्षिक साधारण सभामा सो कुराको जानकारी गराईएको हो । सहकारीकी अध्यक्ष तारादेवी राईको अध्यक्षता तथा जिल्ला सहकारी संघ मोरङका कार्यसमिति सदस्य जीवन काफ्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार सहकारीको चुक्ता शेयर पूँजी १ करोड ७४ लाख ५९ हजार ६ सय रुपैया रहेको छ भने १४ करोड ८४ लाख ७३ हजार ६८७ रुपैया ५० पैसा रहेको छ ।
सहकारीले मासिक बचत ९नियमित०, बिशेष बचत, ऐच्छिक बचत, खुत्रुके बचत, समुह बचत, आबधिक बचत र विशेष आबधिक बचत सञ्चालन गरिरहेको छ । सहकारीले १६ करोड ४४ लाख ६० हजार ०४७ रुपैया ऋण लगानी गरेको छ ।
सहकारीले कृषि, ब्यापार, आयमुलक, आकस्मीक, बैदेशिक रोजगार, शैक्षिक, औषधी उपचार, पशुपालन, घर जग्गा र युवास्वरोजगार लगायतका क्षेत्रमा ऋण लगानी गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। सहकारीमा ९६८ जना शेयर सदस्य रहेका छन् । जसमा महिला ९६२ रहेका छन् भने पुरुष ४ जना र अन्य २ जना शेयर सदस्य रहेका छन् ।
साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यका २१ जना जेष्ठ आमा÷बुवा, सासु आमा÷ससुरा बुबा र पतिलाई सम्मानित गरेको छ भने १० जना जेष्ठ सदस्यलाई सम्मानित गरेको छ । सम्मानित हुने जेष्ठ सदस्यहरुमा बिन्दा रिजाल, कमला श्रेष्ठ, सरस्वती घिमिरे, कमला थापा घिमिरे, बाल कुमारी श्रेष्ठ, सुमित्रा अर्याल, अमिता गुरुङ, सावित्रा रेग्मी डम्बर कुमारी घिमिरे र निर्मला गुरुङ रहेका छन् ।
त्यसैगरी सहकारीले एकल महिला शेयर सदस्य अनिता थापा, कमला तामाङ्ग, सीता उपाध्याय र सुनिता अधिकारीलाई सम्मान गरेको छ । साधारण सभाको अवसरमा स्थापना कालका ३९ जना शेयर सदस्यलाई पनि सहकारी सम्मान गरेको छ ।
सहकारीले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने शेयर सदस्य कमला श्रेष्ठको छोरी नमिता श्रेष्ठलाई सम्मान गरेको छ भने सदस्यका सन्तानलाई आशिंक छात्रबृद्धि प्रदान गरेको छ । जसमा सौगात श्रेष्ठ र सृजल निरौलाले १५÷१५ हजार रुपैया छात्रबृद्धि पाएका छन् । सहकारीले संस्थाको सम्बद्र्धन र प्रबद्र्धनका लागि सहयोग गर्ने निर्मला दाहाललाई सम्मान गरेको छ ।
सहकारीले कर्मचारी यस बहादुर क्षेत्री र बिणा बराललाई सम्मान गरेको छ भने सामुदायिक बिद्यालय कक्षा ६ देखि ८, सामुदायिक विद्यालय कक्षा ९ र सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ । सम्मानति हुनेहरुमा सभ्यता दाहाल, दिक्क्षीत खतिवडा, सम्भबी न्यौपाने र एकता शर्मा रहेका छन् ।
त्यसैगरी निजी बिद्यालयतर्फ नर्सरी देखि युकेजीसम्म, कक्षा १ देखि ५ सम्म, कक्षा ६ देखि ८ सम्म, कक्षा ९ , एसईईमा र प्लस टुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सहकारीले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा दक्षानी घिमिरे, अन्द्रीक मगर, प्रकृति खतिवड, संयोग घिमिरे, रिसर्भ रोक्का, संयोग दाहाल, सम्भव कोइराला, सान्त्वना न्यौपाने, समर्पण कटुवाल, सुदिक्षा ठाकुर, समृद्धि दाहाल, अक्षता न्यौपाने, इशिका न्यौपाने, सगुनराज शाक्य, सुमित्रा श्रेष्ठ, रीतिक्षा भट्टराई, दिपक अधिकारी र गत बर्ष छुटेको गुञ्जन भट्टराईलाई सम्मान गरेको छ ।
Leave a comment