काठमाडौं । केन्द्रिय दुग्ध सहकारी संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष अमरबहादुर कुँवरको अध्यक्षतामा पोखरामा पुष २९ गते सभा सम्पन्न भएको हो । सभामा कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी सभामा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, गण्डकी प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा जिसी, संघका निवर्तमान अध्यक्ष एवं बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको आतिथ्यता रहेको थियो ।
सभामा डेरि उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, डिडिसि नेपालका महाप्रबन्धक, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निदेशक, संघका पुर्व सञ्चालक, सल्लाहकार, गण्डकी प्रदेश सहकारी विभागका रजिष्टार, सदस्य किसानलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापन सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघले गरेको थियो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, आब २०८० र ८१ को लेखा परिक्षण प्रतिवेदन, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिकलगायतको प्रस्ताव पारित गरिएको संघका ब्यवस्थापक श्रीहरि दाहालले जानकारी दिए ।
Leave a comment