काठमाडौं । राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक सुरेश थापाले पदभार ग्रहण गरेका छन् । महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल, उपाध्यक्ष खेम पाठक, संचालक टेकप्रसाद चौलागाई र निवर्तमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् ।
कार्यवाहक अध्यक्ष पोखरेलले आगामी चार बर्षे कार्यकाल सहकारी अभियानका लागि उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे । पदभार ग्रहण गर्दै महाप्रबन्धक थापाले आगामी १० दिनभित्र सहकारीमा पछिल्लो समय सहकारी अभियानमा सिर्जना भएका नीतिगत व्यवस्थाका विषयमा आवश्यक छलफल गरी साझा धारणा तय गर्ने प्रतिबद्धता व्यक्त गरे।
पदभारग्रहण गरेपछि महासंघका कर्मचारीहरुले महाप्रबन्धक थापालाई शुभकामना व्यक्त गरेका थिए । काभ्रे पनौती नगरपालिका निवासी थापा सन् २०१४ नोभेम्बरमा अधिकृतका रुपमा महासंघमा प्रवेश गरेका थिए । सन् २०२२ मा उनी नायव महाप्रबन्धमा नियुक्त भएका थिए ।
Leave a comment