काठमाडौं । जिल्ला सहकारी संघ धनुषाको ५५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा जिल्ला सहकारी संघको भवन मुरली चोक, जनकपुरधाममा संघका अध्यक्ष ध्रुबनारायण यादवको अध्यक्षता तथा मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथित्यतामा सम्पन्न भएको हो ।
सभामा मन्त्री सिंहले मधेश प्रदेश अन्तर्गतका सहकारीलाई आफ्नो भवन बनाउन आगामी बजेट देखि अनुदान दिने व्यवस्था मिलाउने बताए ।
सभामा विशिष्ट अतिथि प्रदेश सांसद रामआशिष यादवले जिल्ला संघको क्षमता विकासका लागि विभिन्न किसिमका तालिम, गोष्ठि प्रत्यक्ष सहयोगमा रहने बताए ।
सभामा संघका अध्यक्ष यादवले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक कार्यक्रम तथा बजेट प्रतिवेदन प्रस्तुत गर्दै धनुषाको प्रत्येक पालिकाहरुलाई सहकारीको एकिकृत व्यवसायिक विकास तथा रणनैतिक योजना, ऐन, नियमावली, कार्यविधि, निति निर्माण तर्जुमा तथा अनुगमन, सुपरिवेक्षण, सहकारी बीच एकिकरणलगायतका कार्यक्रमका लागि सम्बन्धि निकाय संग समन्वय र सहकार्य गर्ने बताए ।
उनले संघका सदस्य संघ संस्थाहरुको विकास र प्रर्वधनका साथै सहकारी संस्थालाई थप व्यवसायिक बनाउने कार्यक्रम ल्याइने जनाए । सहकारी शिक्षा, तालिम, सूचना र क्षमता विकास, नियमित अनुगमनका कार्यक्रमहरु सरोकारवाला निकायहरुसंगको सहकार्यमा जिल्ला संघले संचालन गर्ने अध्यक्ष यादवले प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा संघका उपाध्यक्ष विनोदप्रसाद रोहिताले स्वागत मन्तव्य र राजेन्द्र साहले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक नथुनी यादव, रेखा मण्डल, रामहृदय यादव, राम कुमार मण्डल, प्रमोद छिट्टान, बिनिता यादव, जिल्ला सहकारी संघका व्यवस्थापक राम बिलास यादव लगायत संचारकर्मी तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
Leave a comment