काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाको २६ औँ वार्षिक साधारण सभा तथा २९औँ स्थापना दिवस सम्पन्न भएको छ । संघका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य भरतबहादुर केसी रहेका थिए ।
साधारण सभामा महासचिव तेन्जिङ शेर्पाले संघको बार्षिक प्रतिवेदन साथै आगामी प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष पर्शुराम कार्कीले आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्मको वित्तीय प्रतवेदन प्रस्तुत गरेका थिए । संघले गत बर्षको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक गोपालध्वज श्रेष्ठले प्रस्तुत गरेका थिए । सभामा उत्कृष्ट संचारकर्मी पुरस्कार जिरी रेडियोका स्टेसन मेनेजर सिर्जना गोलेलाई र उत्कृष्ट सहकारी अभियान्ता पुष्करकुमार दहाललाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी उत्कृष्ट बचत तथा ऋणको कारेवार गर्ने संस्था जनश्रमिक साकोस तामाकोसी र उत्कृष्ट लगानी गर्ने संस्थाको रुपमा मिलिजुली कालिञ्चोक साकोस पुरस्कृत भएका छन् । उत्कृष्ट सहकारी संस्थामा हाम्रो तामाकोसी साकोस, उत्कृष्ट सेवा उपयोग संस्थाका रुपमा परोपकार महिला साकोस पुरस्कृत भए ।
उत्कृष्ट व्यवस्थापकमा हाम्रो अर्थभूमि साकोसका व्यवस्थापकमा मनकुमार श्रेष्ठ र पूर्व संचालक सम्मान देविप्रसाद शर्मालाई सम्मान गरिएको छ । सभाले भूमिराज खड्काको अध्यक्षतामा ४ बर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।
वार्षिक साधारण सभाले सहकारी सम्बन्धि केहि नेपाल ऐन संशोधन गर्न ल्याएको अध्यादेश २०८१का सम्बन्धमा सहकारी अभियानको तर्फबाट ७ बुँदे संकल्प प्रस्ताव पारित गरेको छ। संकल्प प्रस्तावमा दोहोरो सदस्यता, बचतको सिमा, सञ्चालकको कार्यकाल लगायतका विषयमा संशोधन गर्न माग गरिएको छ । त्यसैगरी स्थानीय सरकारले सहकारीमैत्री ऐन नियम निर्माण गरी ऋण असुलीमा समेत सहयोग गर्न माग गरिएको छ ।
Leave a comment