हाइलाइट

बलम्बु च्याउ सहकारीको साधारण सभामा सदस्यलाई ५० हजार उपचार सहयोग

बलम्बु च्याउ सहकारीको साधारण सभामा सदस्यलाई ५० हजार उपचार सहयोग :: Sahakari Akhabar

काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाको १६ औं साधारण सभामा क्यान्सर पिडित सदस्य अञ्जली श्रेष्ठलाई ५० हजार रुपैंयाँ उपचार सहयोग गरेको छ । त्यसैगरी संस्थाले साधारण सभामा स्थानीय बाजा खलःहरुलाई सम्मान गरेको छ । सभामा संस्थाका दुई असल बचतकर्ता, दुई असल ऋणी सदस्य, एक असल शेयर सदस्य र एक युवा उद्यमीलाई पनि सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष अमरदिप सिंह महर्जनको सभापतित्व एंव बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभाले अमरदिप सिंह महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा सुजिन्द्र महर्जन र कोषाध्यक्षमा प्रदिप महर्जन चयन भएका छन् । त्यसैगरी सञ्चालक  सदस्यमा धर्मेन्द्र महर्जन, राम महर्जन र दानबहादुर महर्जन चयन भएका छन् । सभाले लेखा सुपरीवेक्षण समिति संयोजकमा पुष्कर महर्जन तथा सदस्यहरुमा  जितबहादुर महर्जन र मिलन श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । बलम्बुको क्वाथः मैदानमा भएको साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता  रहेको थियो । 



Leave a comment