हिमशिखर सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न

हिमशिखर सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुष २७ गते सम्पन्न सभामा संस्थाका अध्यक्ष मीनबहादुर शाहीले संस्थाको आव ०८०÷८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले वर्तमान समयमा समग्र सहकारी संस्थाहरु प्रति सिर्जित नकारात्मक समाचारले नागरिकहरुमा अलमल र अविश्वास पैदा गरेको बताए । महामारीको असर लगत्तै देखिएको आर्थिक मन्दीले व्यापार व्यवसाय, कार्यालय र उद्योगधन्दा लामो समय सम्म पनि आफ्नो लयमा फर्कन नसकेका उनको भनाइ थियो ।

सहकारी संस्थाहरुमा देखापरेको समस्याका कारण लघुवित्त कर्जा प्रवाहमा कमि आउदा व्यापार व्यवसायमा मन्दि आएको उनले बताए । यसका बावजुत पनि यस संस्थाले समग्र सदस्यहरुको सहयोग र सदभावका कारण समाजमा असल छवि र पहिचान बनाई संस्था लाई निरन्तरता तथा दिगोपन दिन सफल भएको बताए ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शाहीले शेयर पूँजी ३ करोड ९० लाख ९९ हजार ८०० रुपैंयाँ, स्थिर सम्पत्ति १ करोड ६२ लाख ५८ हजार २२६ रुपैंयाँ रहेको जानकारी दिए । त्यसैगरी संस्थामा निक्षेप १६ करोड ९६ लाख ५६ हजार ८१८ रुपैंयाँ तथा ऋण लगानी २१ करोड ३७ लाख ८६ हजार ३९१ रुपैंयाँ रहेको जानकारी दिए ।

संस्थामा १ हजार २०८ जना सदस्य तथा ३ करोड ९० लाख ९९ हजार ८०० रुपैंयाँ शेयर पूँजी रहेको जनाइएको छ । संस्थाले सहुलियत कर्जाकालागि विभिन्न निकायहरुसंग पहल गर्ने, सदस्यहरुलाई उद्यशिलता, सिप विकास तालिम प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी स्थानीय पालिका, संघ संस्थाहरुसंग समन्वय गरी स्वास्थ्य, वातावरण तथा सरसफाई सम्बन्धित कार्यक्रममा साझेदारी भई कार्य गर्ने, बाल बचत, विद्यार्थी बचत, खुत्रुके बचत, विमा बचत, सम्पत्ति खरिद बचत जस्ता धन सिर्जना गर्ने शिर्षकहरुमा जोड दिईने उनले बताए ।

त्यसैगरी सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, सदस्यहरु र कर्मचारी व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न तालिम प्रदान गर्ने, खराव ऋणहरुको धितो लिलाम तथा कानुनी प्रकृयाद्वारा असुल उपर गर्ने र सदस्य शिक्षा कार्यक्रम लाई अझै शसक्तिकरण गर्ने अध्यक्ष शाहीले जनाए ।

सभामा कर्मचारी विनियमावली, आर्थिक प्रशासन विनियमावली, निर्वाचन कार्यविधि, सम्पत्ति सुद्धिकरण सम्वन्धि कार्यविधी, संरक्षित पूँजी फिर्ता कोष संचालन नीति तथा महामारीमा संस्था संचालन सम्वन्धि कार्यविधि, सदस्यता कार्यविधि शेयर सदस्य हितकोष परिचालन निर्देशिकालगायतका कार्यविधि बनाएर सदस्यलाई विभिन्न राहत वितरण गरेको जनाए ।

संस्थाले शेयर सदस्यहरु लाई आव २०८० / ०८१ को मुनाफा तथा गतवर्षसम्मको संचित मूनाफाबाट शेयर रकमको ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव राखेका थिए । संस्थाको शेयर सदस्यको मृत्यु हुनगएमा काजकृया सहयोग स्वरुप १० दश हजार रुपैया, मातृत्व सुरक्षा खर्च बापत १ हजार पाँच सय रुपैंया बराबर पोषण सामग्री प्रदान गर्ने, शेयर सदस्यहरु मध्ये कसैलाई गम्भिर प्रकृतिको रोग लागी औषधी उपचार गर्न नसक्ने अवस्था आई निवेदन पेश गरेमा १० हजार रुपैंया सम्म आर्थिक सहयोग गर्ने गरेको जनाए ।

त्यसैगरी सदस्य जुनसुकै कारणले दुर्घटना परि स्थायी रुपमा अशक्त भएमा १० हजार रुपैंया सहयोग उपलब्ध गराइने सदस्यका छोरा छोरी एसइइ परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याई पास गरेमा नगद  पाँच हजारका साथै सम्मान पत्र प्रदान गरिदै आएको उनले जनाए ।

सदस्यहरुलाई प्रत्यक्ष लाभका साथै अप्रत्यक्ष लाभका योजनाहरु आगामि दिनमा थप गरिदै लगिने उनको भनाइ छ । संस्थाले सामाजिक संघसंस्था, गुठी, क्लबहरुलाई निरन्तर सामाजिक कार्यका लागि सहयोग पुर्याउँदै आएका र उक्त कार्यलाई आगामि दिनमा पनि निरन्तरता दिंदै जाने उनको भनाइ छ ।



Leave a comment