कोन सामुदायिक साकोसको अध्यक्षमा माधवप्रसाद सिग्देल चयन

कोन सामुदायिक साकोसको अध्यक्षमा माधवप्रसाद सिग्देल चयन :: Sahakari Akhabar

काठमाडौं । पोखरा १३, कास्कीमा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २६औं वार्षिक साधारण सभाले अध्यक्षमा माधवप्रसाद सिग्देललाई चयन गरेको छ । त्यसैगरी सभाले समितिको उपाध्यक्षमा शान्तकुमार श्रेष्ठ, सचिवमा सुरेन्द्रप्रसाद सिग्देल, कोषाध्यक्षमा जयप्रसाद सापकोटा र सह सचिवमा केदारराज सिग्देललाई चयन गरेको छ ।

त्यसैगरी संचालक सदस्यहरूमा बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्कबहादुर गुरुङ्ग (खुसिमान) र अम्बिका गुरुङ्ग चयन भएका छन् । संथाको लेखा सुपरिवेक्षण समिति संयोजकमा ज्ञानेन्द्र प्रसाद सिग्देल तथा सदस्यहरूमा इन्द्रप्रसाद भट्टराई र लक्ष्मी गुरुङ्ग निर्वाचित भएका छन् ।



Leave a comment