काठमाडौं । जिल्ला सहकारी संघ कास्कीको ५१ औं वार्षिक साधारणसभाले नयाँ समिति चयन गरेको छ । समितिको अध्यक्षमा दिपकराज बाँस्तोला चयन भएका छन् । त्यसैगरी समितिको बरिस्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम आचार्य चयन भएका छन् ।
त्यसैगरी समितिको महासचिवमा दिपक प्रकाश आचार्य, कोषाध्यक्षमा भोजराज घिमिरे, राष्ट्रिय प्रतिनिधि सदस्यमा विना लोहनी चयन भएका छन् । समितिको संचालक सदस्यहरुमा आनन्द सुवेदी, धनराज पुरी, विमला कुमारी थापा बस्नेत, मैना देवी रावत, चन्द्रावती गैह्रे, सविना अधिकारी क्षेत्री, इश्वरीप्रसाद लम्साल चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा रुद्रनाथ पौडेल तथा सदस्यहरुमा शुष्मा पहारी र नारायण बजगाँइ सर्वसम्मत चयन भएका छन । संघको पौष २७ गते ५१ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार भेषराज रिजाल प्रमुख अतिथि रहेका थिए । सभामा नेफ्स्कूनका संचालक कमला देवी गिरी, पोखरा महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, अधिवक्ता युवराज पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment