हाइलाइट

चतरा सामुदायिक सहकारीको २६ औं बार्षिक साधरण सभा र २७ औं स्थापना दिवस सम्पन्न

चतरा सामुदायिक सहकारीको २६ औं बार्षिक साधरण सभा र २७ औं स्थापना दिवस सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बराहक्षेत्र २ चतरा सुनसरीमा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस सम्पन्न भएको छ । २०५५ सालमा स्थापना भएको सहकारीले २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको हो ।

साधरण सभामा संस्थाकी  अध्यक्ष सीता भण्डारी (पौडेल) ले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेकी थिइन । अध्यक्ष भण्डारीले स्थापना कालमा सानो पुँजीबाट सुरु भएको संस्थाले हालसम्म आइुग्दा समुदायमा राम्रो छवि निर्माण गरी सदस्यहरुको विश्वास जित्न सफल भएको बताइन् ।

संस्थालाई सहकारी मूल्य, मान्यता, सिद्धान्त र सदस्यहरुको सुझावको आधारमा अगाडि बढाइएको उनले जनाइन । संस्थामा उपलब्ध स्रोत साधनलाई उच्चतम प्रयोग गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको लागि लगानी गरेको बताइन् ।

संस्थाले नीति, कार्यक्रम तथा बजेट तय गर्दा सदस्यहरुको संरक्षण, सम्वद्र्धन, सामाजिक सुरक्षा, जीवनस्तर सुधार, व्यवसाय प्रवद्र्धन, रोजगारी सृजना तथा कर्मचारीको क्षमता अभिवृद्धिदेखि सेवाको ग्यारेन्टी जस्ता विषयमा केन्द्रीत रहेर बनाउने गरको उनले जनाइन् ।

सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी उनीहरुमा उद्यमशीलता विकास मार्फत आर्थिक रुपमा सबल बनाउन आवश्यक पर्ने पुँजी, सीप र उत्पादित वस्तुको बजारीकरणमा समेत संस्थाले सहयोग पुर्याउदै आएको उनको भनाई छ ।

संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी ८ करोड ६५ लाख रुपैयाँ, बचत संकलन ५७ करोड ९८ लाख र ऋण लगानी ५९ करोड ८८ लाख रुपैयाँ गरेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा ७ करोड ९१ लाख पुगेको छ ।

संस्थाले मुख्य कार्यालयसँगै ३ वटा सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ भने संस्थाको कुल सम्पत्ति ९१ करोड माथि रहेको छ । संस्थाले गत आबमा १ करोड ८८ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

संस्थाले १३ करोड ९९ लाख वाह्य ऋण लिएको छ । संस्थाले मृत्यु राहत, सदस्य परिवार राहत, जेष्ठ सदस्य सम्मान, एक महिला सदस्य प्रोत्साहन, अपाङ्ग सदस्य प्रोत्साहन र मातृत्व स्याहार कार्यक्रम मार्फत सदस्यहरुलाई सुविधा प्रदान गर्दै आएको उनको भनाई छ ।

संस्थाले यस आर्थिक बर्षमा शेयर सदस्य राहत कार्यक्रम, सामुदायिक क्रियाकलाप, सदस्य शिक्षा कार्यक्रम र कृषि अभिमुखिकरण तथा कृषि उपजको उत्पादन र विक्री वितरणलाई निरन्तरा दिने जस्ता नीति तथा कार्यक्रम तय गरेको छ ।

लेखा सुपरीवेक्षण समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायिक कृषकलाई उत्प्रेरणा जोगाउनका लागि विशेष कार्यक्रम ल्याउन,सदस्यहरुलाई आयमुलक र स्वरोजागारमुलक बनाउनको लागि आवश्यक तालिम प्रदान गर्न र संस्थाबाट उत्पादित तथा संकलित दुध विक्री गर्न समस्या भएकाले मिनि प्याकेजिङ्ग उद्योग खोल्न सुझाव दिएको छ ।

कार्यक्रमको अवसरमा सहकारीले संस्थाका पुर्व पदाधिकारीहरु, लेखा संयोजक सहित नियमित दुग्ध उत्पादन गरि बिक्रि गन्ने कृषकहरुलाई सम्मान गरेको थियो । त्यस्तै उत्कृष्ट निक्षेपकर्ता, कर्जा लगानीकर्ता, कर्मचारी, बरिष्ठ साहित्कार कवि मान ब्रजचार्य, स्थानीय पत्रकार हिमाल राईलाई सम्मान गरेको छ ।

चतरास्थित बोलबम धर्मशालामा कोशी प्रदेश सभा सदस्य ममता तामाङ्ग मगरले साधारण सभाको औपचारिक उद्घाटन गरेकी थिईन। कार्यक्रममा सभामा उपस्थितलाई कोषाध्यक्ष टेकमाया पाण्डे (थापा) ले स्वागत मन्तव्य गरेका थिईन ।

संस्थामा महिला ४ हजार ७ सय ५ जना र पुरुष १ हजार १ सय ६८ जना गरेर ५ हजार ९ सय ८३ जना सेयर सदस्य रहेका आवद्ध रहेका छन् । कार्यक्रमको संचालन उपाध्यक्ष दिपक कार्कीले गरेका थिए ।



Leave a comment