हाइलाइट

भक्तपुर जिल्ला बचत संघद्धारा एनएफआरएस तालिम

भक्तपुर जिल्ला बचत संघद्धारा एनएफआरएस तालिम :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुलाई  एनएफआरएस ( नेपाल फइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड) तालिम दिएको छ । संघको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजनामा २० गते भक्तपुरमा नेपाल वित्तीय प्रतिवेदनमान तालिम सम्पन्न भएको हो तालिममा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखाअधिकृत गरी २० जनाको सहभागिता रहेको थियो ।

तालिममा संघका उपाध्यक्ष हरीकृष्ण बल्लले अध्यादेशमार्फत जारी भएको कर्जा सूचना केन्द्र, कर्जा सुरक्षण कोष, एक व्यक्ति एक सहकारी लगायतका व्यवस्थाहरु कार्यान्वयन गर्न अव्यवहारिक र अबैज्ञानिक भएकोले कार्यान्वयनमा शंका व्यक्त रहेको बताए ।

संघको सचिव एवंम उपसमितिका संयोजक जगनाथ प्रजापतिले एनएफआरएसमा प्रतिवेदन बनाउने काम व्यवस्थापनको भएकोले व्यवस्थापनलाई दक्षता अभिबृद्धि गर्न तालिमका आयोजना गरेको जानकारी दिए । उनले संस्थाका व्यवस्थापन प्रमुख र लेखा प्रमुखलाई आफ्नो संस्थाको लेखापरिक्षण प्रतिवेदनलाई एनएफआरएस ढाँचामा परिवर्तन गर्न सकोस् भनी तीन दिनको प्रयोगात्मक तालिम संचालन गरेको बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले तालिमले नेपाल लेखामानको अवधारणा, लेखामानले वित्तीय विवरणमा पार्ने असर लगाएतको विषयमा सिकाई हुनुको साथै विबरण तयारीकालागि अभ्यास निरन्तर गर्दै सिकाईमा निखारता ल्याउनुपर्ने बताए ।

तालिमका सहजकर्ता आर बराल एण्ड एसोसिएट्सका संजन श्रेष्ठ र एच पहाडी एण्ड एसोसिएट्सका सिए हुकुम पहाडीले एनएफआरएस ढाँचाको सहजिकरण गर्दै एनएफआरएसको ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र एनएफआरएस अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्तर्गत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ती, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थागन लगाएतको विषयमा प्रयोगात्माक प्रशिक्षण दिएका थिए ।



Leave a comment