काठमाडौं । सुर्खेतको जनहितकारी वचत तथा ऋण सहकारी संस्थाले २६औं बार्षिक स्थापना दिवस समापन समारोहमा संस्थाको स्मारिका विमोचन गरेको छ ।
स्थापना दिवस मूल समारोह समिति सभापति तिर्थराज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरि राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य हरिहरनाथ योगी तथा नेपाल बचत तथा ऋण केन्द्रीय संघका सञ्चालक सदस्य वीरबहादुर रावत भोटेको आतिथ्यता रहेको थियो ।
संस्थाले स्थापना दिवस तथा रजत जयन्तिको अवसर पारी आयोजित सप्ताहव्यापी कार्यक्रमहरुको समापन तथा विभिन्न बिद्याहरुमा सदस्यलाई सम्मान पनि गरेको छ ।
सम्मानित हुनेहरुमा सर्बाधिक विभिन्न बचतकर्ता सदस्यहरु साथै उत्कृष्ट ऋणी सदस्य, व्यापार, सेवा व्यवसाय, कृषि, उत्कृष्ट शैक्षिक उपलब्धी प्राप्त गर्न सफल बाल बचतकर्ताहरुलगायत सप्ताहव्यापी प्रतियोगितात्मक कार्यक्रमहरुमा विभिन्न स्थान हासिल गर्ने प्रतियोगिहरुलाई पुरस्कृत गरेको थियो । यसै गरि संस्थाका संरक्षक सल्लाहकार समितिका संयोजक हरिहरनाथ योगी तथा संस्थाका लेखापाल सुरज चपाईलाई सम्मान गरेको छ ।
Leave a comment