काठमाडौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित भएका छन । कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठलाई सञ्चालकमा मनोनित गरेको हो ।
सहकारी ऐन, २०७४ को दफा १०३ र सहकारी नियमावली, २०७५ नियम ७४ उपनियम २ को (झ) मा स्थिरीकरण कोषको सञ्चालन समितिमा सहभागी सहकारी संस्थाका अध्यक्षहरुमध्येबाट श्रेष्ठलाई कोष सञ्चालन समितिमा मनोनयन गरेको हो ।
स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ दफा ८ अनुसार योग्यता पुगेका सहकारीहरुमध्ये बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था काभ्रेका अध्यक्षलाई मनोनित गरेको हो । श्रेष्ठले कोषको दिगोपना तथा नियम बमोजिम सञ्चालनमा सहयोग पुर्याउने अपेक्षा कोषको रहेको छ ।
Leave a comment