काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघको वार्षिक साधारण सभा पुष २९ गते हुनेभएको छ । संघको ३० औं बार्षिक साधारण सभा पोखरामा हुनलागेको हो । सभामा भाग लिन संघसंस्थाले प्रतिनिधी मनोनयन गरि आव २०८१ / ८२ सम्मको बुझाउनु पर्ने वार्षिक सेवा शूल्क सहित उपस्थित गराईदिन केन्द्रीय संघले आग्रह गरेको छ ।
संघमा अद्यावधिक सदस्य संघ र संस्थाहरु मात्र साधारण सभामा सहभागीता जनाउन सक्ने सूचनामा जनाइएको छ । सभामा भाग लिन संघ संस्थाले १ करोड भन्दा कम कूल पूँजी भएका संस्थाले वार्षिक २ हजार शूल्क तथा १ करोड भन्दा बढी कूल पूँजी भएका संस्थाले वार्षिक ५ हजार शूल्क बुझाउनुपर्ने जनाइएको छ ।
त्यसैगरी जिल्ला दुग्ध सहकारी संघहरुले वार्षिक ५ हजार शूल्क बुझाउनुपर्ने छ । साथै सदस्य संघ संस्थाहरुले आव २०८० / ८१ को लेखा प्रतिवेदन समेत अनिवार्य लिई उपस्थित हुनुपर्ने जनाइएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, आब २०८० / ८१ को लेखा परिक्षण प्रतिवेदन, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिकलगायतको प्रस्ताव पेश हुने जनाइएको छ।
Leave a comment