काठमाडौं । सगुन बचत तथा ऋण सहकारी संस्थाको द लिडरशिप बुटक्याम्प पोखरामा भएको छ । संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्दिय संघ नेफ्स्कूनको प्राविधिक सहयोगमा क्याम्प भएको हो ।
संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षता तथा नेफ्स्कूनका संचालक कमला देवि गिरिको मुख्य आतिथ्यता रहेको थियो । क्याम्पमा संचालक, लेखासमिति, सल्लाहकार, विभिन्न उपसमिति र कर्मचारीहरु गरी ३३ जनाको उपस्थिति रहेको थियो ।
संस्थाका कोषाध्यक्ष पदमा मोक्तानले स्वागत तथा सल्लाहकार बिदुरकुमार प्याकुरेल, लेखा संयोजक जयशंकर सिंह, उपाध्यक्ष राजकुमार उप्रेती लगायतले मन्तब्य राखेका थिए ।
संस्थाका सचिव बिनोद कार्की, नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र उमेश कोईरालाले तालिममा सहजिकरण गरेका थिए । तालिम १५ देखि १७ गते सम्म संचालन हुनेछ ।
Leave a comment