काठमाडौं । वीरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारीको स्थापना दिवस तथा रजत जयन्ति वर्षको अवसरमा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले २६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।
संस्थाको युवा परिचालन उपसमितिको आयोजनामा आज लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो । उपसमिति संयोजक हेमन्तप्रसाद कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर ४ का वडा अध्यक्ष शेरबहादुर के.सीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष नवराज कंडेलको विषेश आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष राधा कार्की, भैरव युवा क्लवका अध्यक्ष प्रविण पन्तको आतिथ्यता रहेको थियो । संस्थाका व्यवस्थापक हिमलाल गौतम, सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगी, व्यवसाय विभाग प्रमुख प्रेम आचार्य, सेवाकेन्द्र प्रमुख भोजप्रसाद आचार्य, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधीहरु लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष केसीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागुऔषध दुव्र्यसनीको संख्यामा वृद्धि भएको कुरामा दुःख व्यक्त गर्दै स्थानिय प्रशासनले थप निगरानीका साथ जनचेतना जगाई न्यूनिकरण गर्नुपर्ने बताए । उनले जनहितकारी साकोसले सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा शुभकामना व्यक्त गर्दै यस कार्यमा वडाले पूर्णरुपमा सहयोग गर्ने बताए ।
यस्तै सहकारीका अध्यक्ष कँडेलले आखै अगाडि खुलेआम युवा दुव्र्यसनीका घटनाहरु देखिने गरेको र नियन्त्रणमा नलिने वेवास्ता गर्दा समाजिक अपराधका घटना हुन नदिन त्यस्ता युवाहरुलाई समयमै सजाय गरी न्यनिकरणमा प्रहरी प्रशासन अझ सशक्त लाग्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरिक्षक विनोद कार्की र प्रहरी सहायक सर्जन श्रीसले सहजिकरण गरेको कार्यक्रममा वीरेन्द्रनगरका ४ ओटा माध्यामिक विद्यालयका विद्यार्थी तथा भैरव युवा क्लवबाट गरी ८५ जनाले लागु औषध नलाग्ने, नजाने र नखाने तथा आफू र आफ्नो परिवार र समाजमा लागुऔषध विरुद्धको अभियानमा लाग्ने प्रतिवद्धता ब्यक्त गरेको कार्यक्रमका फोकल पर्सन भोजप्रसाद आर्चायले जानकारी दिए ।
Leave a comment