काठमाडौं । भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाले जेष्ठसदस्यहरुलाई तीर्थ भ्रमण गराएको छ । संस्थाको बचत उपसमितिको आयोजनामा पौष १० गते ललितपुर जिल्लाको लेलेमा रहेको मनकामना मन्दिर, टिकाभैरव, तिलेश्वर र बज्रबाराही मन्दिर भ्रमण गराएको हो ।
जेष्ठ सदस्यहरुलाई मनोरञ्जनात्मक क्रियाकलापका साथै मानसिक तथा शारीरिक रुपमा सामूहिकसंगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउने उद्धेश्यले तिर्थ भ्रमण गराएको संस्थाले जनाएको छ । कार्यक्रममा जेष्ठसदस्य र सदस्यका सहयोगी परिवार गरी १२३ जनाको सहभागिता रहेको थियो ।
साथै कार्यक्रममा संस्थाका पदाधिकारी, संचालक, लेखा सुपरिवेक्षण समिति, बचत उपसमितिका साथै अन्य उपसमिति र कर्मचारी गरी २८ जनाको सहभागिता रहेको संस्थाका अध्यक्ष राजाभाई भेलेले बताए । कार्यक्रममा सहभागिहरुलाई संयोजक चन्द्रलाल भोमीले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा जेष्ठ सदस्यहरुका लागि विभिन्न खेलहरु पनि खेलाइएको थियो भने विजेता सदस्यहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा ८५ बर्षसम्मका जेष्ठसदस्यहरु पशुपतिमान प्रधान, ज्ञानलाल भोमीको सहभागिता रहेको थियो । सहभागिहरुले यस्ता कार्यक्रमहरु निरन्तर गरिरहनुपर्ने र कहिले काहीँ कार्यक्रम आयोजना गर्न ढिला हुँदा पनि आफूहरु छुटेछ कि भन्ने कुराले मन खल्लो हुने हुँदा समय समयमा कार्यालयमा नै गई कार्यक्रमको बारेका बुझ्ने गरेको बताए ।
Leave a comment