हाइलाइट

सहकारीकर्मी भोलानाथ पाठकको मस्त जवानीको म्युजिक भिडियो रिलिज

सहकारीकर्मी भोलानाथ पाठकको मस्त जवानीको म्युजिक भिडियो रिलिज :: Sahakari Akhabar

काठमाडौं । सहकारीकर्मी भोलानाथ पाठकको रचना रहेको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको स्वर रहेको गीतमा मनोहर सुनामको एरेन्ज तथा संगीत छ । दर्जनौं गीतका शब्द कोरिसकेका गीतकार पाठक काठमाडौमा रहेको पाँचतारा सहकारीका अध्यक्ष हुन् ।

भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् भने भिडियोमा मोडल बिजु पार्की उषा उप्रेतीका अभिनय रहेको छ । भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो ।



Leave a comment