हाइलाइट

नेचुरल साकोसमा शर्मिला शिल्पकारको अध्यक्षतामा संचालक समिति चयन

नेचुरल साकोसमा शर्मिला शिल्पकारको अध्यक्षतामा संचालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थामा शर्मिला शिल्पकारको अध्यक्षतामा संचालक समिति चयन भएको छ । संस्थाको शनिवार सम्पन्न १६औं वार्षिक साधारण सभाले अध्यक्षमा पुनः शर्मिला शिल्पकारलाई चयन गरेको हो । वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।

सभाले सञ्चालक समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा भिम बहादुर गुरुङलाई चयन गरेको छ । त्यस्तै सञ्चालकहरुमा पार्वती मानन्धर, गंगाकुमारी अधिकारी र सजनी आचार्य चयन गरेको छ ।

त्यसैगरी पुर्ण बहादुर तामाङको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन भएको छ भने समितिका सदस्यहरुमा श्रीधर पाठक र मिना मोक्तान चयन भएक छन् ।

साधारण सभामा अध्यक्ष शिल्पकारले संस्थाको वित्तीय स्वस्थता र गुणस्तरियता कायम राख्दै सदस्यहरूको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षमा संस्था सुरूवाती दिनदेखि नै क्रियाशिल रहेको बताईन ।

वित्तीय कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनलाई सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जारी ऐन, निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै आएको उनले बताईन ।

सभा संस्थाकी अध्यक्ष शर्मिला शिल्पकारको सभापतित्व एवं बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रभात तामाङ, शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको विशेष आतिथ्यता रहेको थियो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव गोविन्द प्रसाद काफ्ले, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक हेमबहादुर कार्की, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष सिमा पुरी लगायतको आतिथ्यता रहेका थियो ।

सभामा संस्थाका सचिव विकल्प पाठकले सदस्यहरूको पूर्ण विश्वासले आजको विषम परिस्थितीमा पनि सवल अवस्था र गुणस्तरिय सेवा प्रदान गर्न संस्था सफल भएको बताए ।

उनले भने, संस्था स्वःनियम एंव सुशासन युक्त समुदायमा आधारित सदस्य केन्द्रित उत्कृष्ट सहकारीको रूपमा स्थापित गर्ने लक्ष्यलाई आत्मसाथ गर्दै नियमित कारोबार सँगै प्रविधि मैन्त्री सेवाका साथै सामाजिक उतरदायित्वमा संस्था क्रियाशिल रहेको बताए ।

सहकारीको मूल्य, मान्यता, सिद्धान्त एवं सहकारी ऐन, नियमावली, मादण्ड र निर्देशनहरूको परिचालनमा नेचुरल सहकारी प्रतिवद्ध रहेको उनले बताए । सदस्यहरूको बचत र लगानीको सुरक्षाको प्रत्याभुती गर्दै संस्था प्रति दर्शाउनु भएको विश्वास र भरोसालाई डगमगाउन नदिने प्रतिवद्धता जनाए ।

साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अच्युतम काफ्लेले प्रतिवेदन पेश गरेका थिए । साधारण सभाले विभिन्न ११ प्रस्ताव माथि छलफल गरी पारित गरेको छ ।

साधारण सभाको अवसरमा उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी साधारण सभाको अवसरमा लायन्स तथा लियो क्लब अफ काठमाडौं चाबाहिलको संयुक्त रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

साधारण सभा स्थलमा आयोजना गरिएको रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको थियो । साधारण सभाकै अवसरमा संस्थाका सदस्यहरुद्वारा उत्पादित सामग्रीहरुको विक्रि तथा प्रर्दशनी समेत गरिएको थियो ।

संस्थाको सेयर पुँजी १६ करोड ५१ लाख, बचत तथा निक्षेप १ अर्ब ७९ करोड ६८ लाख, कर्जा तथा सापटी १ अर्ब ९१ करोड रहेको छ । त्यस्तै कुल आम्दानी ३१ करोड ६८ लाख गरी २८ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ ।

संस्थाले २ करोड २३ करोड ९कर अघि० नाफा गरेको छ । संस्थाले १ करोड ९० लाख रुपैयाँ राजश्वमा योगदान गरेको छ । आव २०८०८१ मा संस्थाको कुल कारोबार २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ रहेको जनाइएको छ ।



Leave a comment