काठमाडौं । यो वर्षको दुईवटा सहकारी पत्रकारिता पुरस्कार नेपालपत्र न्युज डटकमका सम्पादक माधव खड्कालाई प्रदान गरिएको छ ।
खड्कालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पुरस्कृत गरेका हुन ।
कार्तिक २३ गते बागमती प्रोस्कूनको चौंथो साधारण सभा र कार्तिक २५ गते ललिपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३० औं साधारण सभामा खड्कालाई पुरस्कृत गरिएको हो ।
खड्कालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नगद र सम्मान पत्रले सम्मान गरेका थिए । बागमती प्रोस्कूनले नगद ८ हजार ५ सय सहित सम्मान पत्र र ललितपुर जिल्ला बचत संघले नगद ५ हजार ५५५ रुपैँया नगद र सम्मान पत्र प्रदान गरेका थिए ।
सम्पादक खड्काले विगत एक दशकदेखि सहकारी क्षेत्रको विकास र प्रवर्धनका साथै सुधारका लागि निरन्तर कलम चलाई रहेको भन्दै संघहरुले पुरस्कृत गरेको हो ।
Leave a comment