हाइलाइट

भक्तपुर जिल्ला बचत संघको २० औ साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित 

भक्तपुर जिल्ला बचत संघको २० औ साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा २२ गते सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

रजिष्ट्रार घिमिरेले सहकारीलाई मूल्य मान्यता, नीति विधिमा संचालन गराउन र सदस्यको बचत फिर्ता गराउन विभागले काम गरिरहेको बताए ।

उनले सहकारी ऐन कानुन कार्यान्वयनमा नआएर मात्र सहकारीमा समस्या आएको नभएर सहकारी समुदायमुखी र सदस्य केन्द्रीत व्यवसाय नभएकोले पनि समस्या आएको बताइ । सहकारीमा बदमासी गर्न नदिन सदस्य आफै होसियार भई बदमास गर्ने सदस्यलाई पाखा लगाउनुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले विषयगत संघहरुले ऐन नियम अनुसार सदस्य संस्थाको बचत स्विकार्ने र सदस्य संस्थालाई ऋण लगानी गर्ने कार्य गर्दै आएको भन्दै संघसंस्था स्थिरीकरण कोषमा आबद्ध हुनुपर्ने बताए ।

सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सुमन नेपाल, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक कृष्णप्रसाद सुवेदी, संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले शुभकामना मन्तब्य राखेका थिए ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा इमान्दारीता र पारदर्शिता हुनुपर्ने बताए । उनले संघले सहकारीका सिद्धान्त, ऐन नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेर मात्र सदस्यता प्रदान गरेमा सहकारी अभियानमा शुद्धिकरण हुने बताए । सभामा संघका उपाध्यक्ष हरी बल्लले स्वागत मन्तव्य राखेका थिए ।

सभामा संघका सचिव जगनाथ प्रजापतिले संघको आव २०८०/ ८१ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पुजी फिर्ता कोषको रकम बितरण गर्ने प्रस्ताव पेश गरेका थिए ।

संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आव २०८०/८१ को वित्तीय प्रगति प्रतिवेदन पेश गरेका थिए । सभाले आव २०८०।८१ मा ३ अर्व ५१ करोड ४३ लाख ३ हजारको वासलात र ५ करोड ३७ लाख नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ ।

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आव २०८०।८१ को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा भक्तपुर साकोस, उपकार साकोस र संगम साकोस साथै ऋणमा बंगलामुखी साकोस, संचित साकोस र तौडोलछाप साकोसलाई संरक्षित पुँजी फिर्ता रकम सहित प्रशंसा पत्र बितरण गरेको थियो । सभामा संघमा आबद्ध २०४ वटा संस्थाहरु आवद्ध रहेको जनाइएको छ ।



Leave a comment