हाइलाइट

कर्णाली साकोसको उपनिर्वाचन सम्पन्न उपाध्यक्षमा गौतम निर्वाचित

कर्णाली साकोसको उपनिर्वाचन सम्पन्न उपाध्यक्षमा गौतम निर्वाचित :: Sahakari Akhabar

काठमाडौं । बिर्तामोड– ४ झापामा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा रामकुमार गौतम निर्वाचित भएका छन् । संस्थाको सोमवार भएको उप–निर्वाचनबाट गौतम उपाध्यक्षमा निर्वाचित भएका छन् ।

संस्थाको झापाको बिर्तामोड, दमक, चारआली, सुरुङ्गा, भद्रपुर तथा मोरङको उर्लाबारी गरी ६ स्थानमा भएको उप–निर्वाचनबाट गौतम २ हजार ४८९ मतसहित उपाध्यक्षमा निर्वाचित भएका हुन् ।  उपाध्यक्ष पदका लागि चारजनाको उम्मेद्ववारी परेको थियो ।

उनका प्रतिष्पर्धीहरु गणेशप्रसाद पराजुलीले १९४, गुञ्जन थापाले १६० र धर्मप्रसाद काफ्लेले ६९ मत पाएका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको सदस्यमा पदमकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको गत पुष ४ गते भएको निर्वाचनमा अध्यक्षसहित १२ जना संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

दुई पदका लागि उपनिर्वाचन गराइएको निर्वाचन अधिकृत अधिवक्ता सुरज खत्रीले जानकारी दिए । निर्वाचन उपसमिति सदस्यमा सहकारी अभियन्ता डिल्ली दाहाल र नरबहादुर बस्नेत रहेका थिए । 



Leave a comment