हाइलाइट

हाम्रो साकोसको २६औं वार्षिक साधारण सम्पन्न

हाम्रो साकोसको २६औं वार्षिक साधारण सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । प्रयाग पोखरी ललितपुरमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाँलको अध्यक्षतामा सम्पन्न दोश्रो एकाई सभा तथा समापन कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

सभाले श्यामकृष्ण घिमिरेको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र नारायण थापाको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित भएका छन् । सञ्चालक समितिको उपाध्यक्षमा कञ्चन बस्नेत, सचिवमा हरिप्रसाद बजगाइं, कोषाध्यक्षामा विदुरप्रसाद तिमल्सिना चयन भएका छन् ।

सञ्चालक सदस्यहरुमा कमल प्रसाद तिमल्सिना, दामोदर घिमिरे, प्रेमप्रसाद बजगाइ, राधिका विष्ट, लेखबहादुर श्रेष्ठ, रूपा खत्री, भरत घिमिरे, विदुर घिमिरे र मणिराज सञ्जेल रहेका छन् । त्यसैगरी लेखा समिति सदस्यमा नारायण पोखरेल र लक्ष्मी व्यञ्जनकार चयन भएका छन् ।

सभामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । ढकालले सहकारी संस्थाको जोखिम कम गर्नका लागि संघले कर्जा सुचना केन्द्र र कर्जा असुली न्यायधिकरण गठनका लागि गरेको पहलमा नेपाल सरकार र नेपाल राष्ट्र बैंक सकारात्मक भई तत्काल कार्यान्वयन हुने चरणमा पुगेको बताए । उनले सहकारी संस्थाको जोखिम कम गर्नका लागि सञ्चालक समिति र व्यवस्थापनको भूमिका महत्वपूर्ण हुने उनले पनि जनाए ।

कार्यक्रममा बागमती प्रोस्कुनका महासचिव जिवसराज खड्काले अहिलेको विषम परिस्थितिमा सदस्यसँग अन्तरक्रिया र समुदायमा विभिन्न कार्यक्रम तथा खुल्ला छलफल सहित साधारण सभा सम्पन्न गर्ने सहकारी संस्थाहरुले नै समुदायका प्रतिनिधित्व गर्ने र दिगो रुपमा सञ्चालन हुने उल्लेख गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष फुयालले बागमती प्रदेश सहकारी मापदण्ड बमोजिम अध्यक्ष तथा संस्थाको सुशासन नीति बमोजिम संस्थाका सबै पदाधिकारी लगातार दुइ कार्यकाल भन्दा बढि निरन्तर बस्न नमिल्ने व्यवस्था अनुसरण गर्दै सरल रुपमा नेतृत्व परिवर्तन गरिएको जनाए ।

कार्यक्रममा हाम्रो साकोस बौद्धिक उपभोक्ता सहकारी तथा टिकाभैरब नमुना कृषि सहकारी संस्था बीच एकीकरण कार्यविधि पारित गरि तीनओटा संस्थाका अध्यक्षले समेत हस्ताक्षर गरेका थिए । सभामा बागमती प्रदेश सहकारी संघ लि।का बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, बागमती प्रोस्कुनका महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गार्खाली, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ  लि।का बरिष्ठ उपाध्यक्ष करुणरत्न बज्राचार्य अतिथिको रूपमा उपस्थित रहेका थिए ।



Leave a comment