हाइलाइट

नवजागरण साकोसमा नयाँ संचालक समिति चयन

नवजागरण साकोसमा नयाँ संचालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । संस्थाको २६ औं बार्षिक साधारण सभाले सोमेश थापाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षामा दामोदार थापा, सचिवमा नारायण बहादुर कार्की, कोषाध्यक्षमा भीमसेन थापा र सहसचिवमा कविता श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।

त्यसैगरी सञ्चालकहरूमा लालबहादुर मानन्धर, मनिषा माझी, सविना नेपाली, जयराम मानन्धर, रूद्रबहादुर महत र दामोदरप्रसाद घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी  संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा तारानिधि सुवेदी र सदस्यहरूमा दीपककुमार कार्की र हसना पहरी चयन भएको जानकारी दिइएको छ ।

संस्थाको २६ औं बार्षिक साधारण सभा २०८१ कार्तिक २ गते देखी १२ गते सम्म क्षेत्रगत रुपमा ६ वटा केन्द्रमार्फत सम्पन्न भएको हो । संस्थाको अन्तिम साधारण सभा उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख अथित्यतामा सम्पन्न गरेको हो।

सभाको विषेश अतिथिमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको उपस्तिथि रहेको थियो । संस्थाले आव ०८० / ०८१ मा ७४ करोडको कारोबार गरि १ करोड १० लाख नाफा गर्न सफल भएको छ भन्ने यस बर्ष शेयर लाभांश ६.६२ प्रतिशत प्रदान गर्ने भएको छ।

१७ लाख रुपैया शेयर सदस्यहरुको लागि कारोबारको आधारमा बितरण गर्न संरक्षित पूँजी फिर्ता कोषमा छुट्याएको जनाइएको छ । संस्थाको ६ करोड ९० लाख जगेडा कोषमा रहेको छ । गत असार मसान्त सम्म संस्थाको शेयर पुँजी ४ करोड ४८ लाख४० हजार, बचत संकलन ५८ करोड ३३ लाख ५३ हजार र ऋण लगानी ३९ करोड ४३ लाख ५२ हजार रहेको छ।

संस्थामा ९ हजार ८६४ जना सदस्य आवद्ध रहेका छन् । त्यसैगरी संस्थाको कुल सम्पत्ति ७४ करोड ५९ लाख ९१ हजार रहेको छ । संस्था बिभिन्न समयमा जिल्ला तथा प्रदेशमा उत्कृष्ट संस्थाको रुपमा सम्मानित भई सकेको छ भने यहि २०८१ कार्तिक २३ गते बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित हुदैछ । संस्थाका  अध्यक्ष श्याम थापाको सभापतित्वमा सभा सम्पन्न भएको हो ।



Leave a comment