हाइलाइट

मंगलदीप साकोसमा नवराज बिष्टको अध्यक्षतामा संचालक समिति चयन

मंगलदीप साकोसमा नवराज बिष्टको अध्यक्षतामा संचालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको प्रयागपोखरीमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थामा नयाँ समिति चयन भएको छ । संस्थाको दशौं वार्षिक साधारण सभाबाट पुन नवराज विष्टको अध्यक्षतामा सञ्चालक समिति चयन भएको हो ।

त्त्यसैगरी सभाले नवराज थापाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । असोज १९ गते शनिबार ललितपुरमा सम्पन्न सभाले चार वर्षे कार्यकालकालागि समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा तारानाथ सापकोटा, सचिवमा पल्हाद महत, कोषाध्यक्षा सुरेन्द्र श्रेष्ठ र सदस्यहरुमा मोहनप्रसाद हुमागाई, रविन बजगाईँ र सन्दीप हुमागाई चयन गरेको छ ।

त्यसैगरी लेखा सुपरीवेक्षण समिति सदस्यमा विदुर बस्नेत र उपेन महर्जन चयन भएका छन् । सभा संस्थाका अध्यक्ष नवराज विष्टको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवं ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि बजगाईँले समुदायमा आधारित रहेर सहकारी मूल्य र मान्यतालाई आत्मसात गरेर सञ्चालन भइरहेको मंगलदीप साकोसले स्थापना भएको छोटो समयमा नै सहकारी क्षेत्रमा अलग्गै परिचय बनाउन सफल भएको बताए ।

जिल्ला सहकारी संघ ललितपुरका कोषाध्यक्ष रुपेश तिमिल्सिनालगायतले शुभकामना मन्तब्य राखेका थिए । सभामा संस्थाका अध्यक्ष नवराज विष्टले २०७२ साल बैशाख १२ गतेदेखि औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको संस्थाले सदस्यहरुको आर्थिक सामाजिक र सास्कृतिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्न सकेको बताए ।

उनले विषम् परिस्थितिमा पनि ३४ प्रतिशत तरलता राखेर बसेको बताए । उनले सदस्यहरुलाई सहज ढंगबाट छिटो सेवा प्रवाह गर्ने उद्देश्यले मंगलदीप एपमार्फत, एसएमएस सुबिधा र क्युआर कोड सुबिधा सञ्चालन गरी नगदरहित कारोबारतर्फ प्रेरित गरिरहेको बताए ।

उनले यस आवमा महिला १ हजार २७० जना र पुरुष २ हजार १११ जना तथा महिला बाल बचतकर्ता ९१ र पुरुष बाल बचतकर्ता २३१ गरि जम्मा ३ हजार ७०३ जना सदस्य पुगेको जानकारी दिए । अघिल्लो आर्थिक वर्षको भन्दा ५ प्रतिशतले सदस्य वृद्धि गर्न सफल भएको जनाए ।

सभामा संस्थाको चालु आवमा २ करोड १२ लाख ६९ हजार ६०० रुपैंयाँ शेयर पूँजी तथा १७ करोड १३ लाख ५४ हजार ८९५ रुपैंयाँ निक्षेप रहेको जनकारी दिइएको छ । त्यसैगरी संस्थाले १५ करोड २२ लाख ८७ हजार ५६७ रुपैंयाँ कर्जा लगानीमा रहेको र २ करोड ५८ लाख ३१ हजार २६१ रुपैंयाँ कुल आम्दानी गर्न सफल भएको अध्यक्ष विष्टले जानकारी दिए । संस्थाको जगेडा तथा अन्य कोषमा ३६ लाख ८३ हजार रहेको छ ।

सभामा लेखा सुपरीवेक्षण समिति संयोजक सागरजङ्ग थापाले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेक थिए । सभामा संस्थाका जेष्ठ सदस्य बलबहादुर कार्कीलाई जेष्ठ नागरिक सम्मान तथा उत्कृष्ट नियमित बचतकर्ता सदस्यहरू कमला खड्का, अमृत मगर, सुशिलकुमार गुम्ता, शिवप्रसाद ध्वँ श्रेष्ठ, उमेश नारायण खड्का र सुरज घिमिरेलाई सम्मान गरेको थियो ।

संस्थाले असल ऋणी सदस्य दिपेश श्रेष्ठ, नारी बचतमा राधा नेपाल, बाल बचतमा अनुष्का दाहाल र उत्कृष्ट कर्मचारी प्रतिक्षा सिलवाल, उत्कृष्ट अनलाइन कारोबारकर्ता द्वय मिलन लामा र कुमार ठोकरलाई पनि सम्मान गरेको थियो । सभामा सदस्यहरुका छोराछोरीहरु र बाल बचतकर्ताहरुमध्ये २०८० सालको एसईई परिक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने सारिका सिलवाल र अविनास थापा मगरलाई एसईई सम्मान गरेको छ।

त्यसैगरी त्यस संस्थाको पालुङ सेवाकेन्द्र तर्फका जेष्ठ सदस्य ज्ञानबहादुर क्षत्रीलाई जेष्ठ नागरिक सम्मान गरेको थियो । उत्कृष्ट बाल बचतकर्ता निशान केसी उत्कृष्ट दैनिक बचतकर्ता चन्द्रावती गोपाली, उत्कृष्ट महिला बचतकर्ता अञ्जु मोक्तान र असल ऋणी मिना तामाङलाई सम्मान गरेको छ । संस्थाका सदस्यहरुका छोराछोरीहरु र बाल बचतकर्ताहरुमध्ये २०८० को एसईईमा उत्कृष्ट जीपीए प्राप्त दीपशिखा रायमाझी र शान्ति विष्टलाई एसईई सम्मानबाट सम्मानित गरिएको थियो ।



Leave a comment