काठमाडौं । दोलखामा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालकहरुको नेतृत्व रुपान्तरण क्याम्प गरेको छ । क्यापमा संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्थापन सहित ३२ जनाको सहभागिता रहेको थियो ।
क्याम्प तीनदिनसम्म सञ्चालन भएको र सहभागिहरुले धेरै कुरा सिक्ने अवसर पाएको संस्थाका व्यवस्थापक भेष मिजारले जानकारी दिए । सहकारी संस्थाहरुमा सुशासन प्रवर्धन गर्नको लागि सहकारी विभागले जारी गरेको एकिकृत निर्देशन, २०७९ अनुसार नवनिर्वाचित सञ्चालकहरुले निर्वाचित भएको ३ महिनाभित्र क्षमता विकास सम्बन्धि तालिम लिनुपर्ने व्यवस्था रहेको र संस्थाको आन्तरिक नीति तथा बार्षिक कार्यक्रममा समेत उल्लेख भएकोले उक्त कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
संस्थाले २७ औँ बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन सम्पन्न भइसकेकाले नयाँँ सञ्चालक समितिको क्षमता अभिवृद्धि गर्नु क्यापको उदेश्य रहेको छ । संस्थाका अध्यक्ष माधवप्रसाद दहालको अध्यक्षतामा भएको क्याम्पमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ ९बागमती प्रोस्कून ० का महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा लगायतको आतिथ्यता रहेको उक्त तालिमको सहजीकरण प्रशिक्षक सञ्जयराज तिमिल्सीनाले गरेका थिए ।
Leave a comment