काठमाडौं । भक्तपुरमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २७औँ स्थापना दिवस सम्पन्न भएको छ । संस्थाले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी स्थापन दिवस मनाएको हो । कार्यक्रमको पहिलो दिन संस्थाको सक्रियतामा सिपाडोल सुर्यविनायक नगरपालिका वडा नं ८ इतबुँमा सामूहिक जीवन योग प्रयोगशाला सञ्चालन भएको छ।
सोही वडाका वडाध्यक्ष पुष्पराज बस्नेतले योग प्रयोगशालाको उद्घाटन गरेका थिए । संस्थाले सदस्य एवम टोलका शुभचिन्तकहरुको स्वास्थ्यलाई ध्यानमा राखी योग कार्यक्रम संचालन गरिएको संस्थाले जनाएको छ। दोश्रो दिन, सूर्यविनायक नगरपालिकाको वडा नं ८ स्थित सूर्यविनायक गणेश मन्दिर परिसर सरसफाई गरी आवश्यक सरसफाइका सामानहरु डस्टविन, झाडु, पन्जा आदि सामानहरु प्नि सूर्यविनायक समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।
तेश्रो दिन संस्थाका ज्येष्ठ सदस्य ५२ जना एसइइ र कक्षा १२ का जम्मा २४ जना भाई बहिनीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ। नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु र जिल्ला सहकारी संघ लि। भक्तपुरका सचिव रामप्रसाद कासुला लगायत प्रारम्भिक मित्र संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।
संस्थाका संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठले संस्था स्थापनाको उद्धेश्य र संस्थाले शुरुवातमा गरिएको वित्तीय कारोबारको विषयमा प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष राजाभाई भेलेको सभापतित्वमा संचालन भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णहरि सैँजुले स्वागत मन्तव्य ऋण अधिकृत विन्द्रा नायभाले कार्यक्रम संचालन गरेकी थिइन् ।
Leave a comment