हाम्रो मध्यवर्ती साकोसको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

हाम्रो मध्यवर्ती साकोसको पाँचौ बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । ठाकुरबाबा नगरपालिका बर्दियामा रहेको हाम्रो मध्यवर्र्ती बचत तथा ऋण सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा ठाकुरबाबा नगरपालिकाका उप्रमुख बिनाकुमारी भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुगाना, राष्ट्रिय सहकारी बैकका शाखा प्रमुख सुरेन्द्र सिंह धामीको आतिथ्यता रहेको थियो ।

त्यसैगरी विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाका प्रेम लम्साल, मालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिलमाया थापा र ठाकुरबाबा आधारभुत नगर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बेदप्रसाद भण्डारीको समेत आतिथ्यता रहेको थियो ।

सभाले संंस्थाको आव २०८० / ०८१ को बार्षिक प्रगती तथा आव २०८१ / ०८२ को  बार्षिक निती, कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल गरी सर्बसम्मत पारित गरेको थियो । सभामा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समितिका संयोजक र सदस्यहरु, शिक्षा उप समितिका सदस्य, ऋण उप समितीका सदस्य, सेवाकेन्द्र ब्यवस्थापन उप समितीका सदस्य, प्रतिनिधीहरु, ब्यबस्थापनका सम्पूर्ण कर्मचारीहरुको उपस्थितीमा सभा सम्पन्न भएको सस्थाका अध्यक्ष नवराज न्यौपानेले जानकारि दिए ।



Leave a comment