हाइलाइट

गाम्चा साकेसको १६ औं वार्षिक साधारण सभा सम्पन्न

गाम्चा साकेसको १६ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमडौं । भक्तपुरको गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाको  १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न सभामा संस्थाका अध्यक्ष विकास खड्काले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले १६ वर्ष अघि दधिकोट गाविस वडा नं ६ र ७ मा रहेका सदस्यहरुको २८ हजार शेयर पुँजीबाट स्थापना भएको संस्थाले १६ वर्षमा आइपुग्दा ३ हजार ५५४ सदस्य, ३ करेड ७२ लाख ९० हजार ५०० रुपैंयाँ शेयर पूँजी, १९ करेड ५७ लख ९२ हजार १९० रुपैंयाँ बचत र २८ करोड ५३ लाख ९२ हजर ८६८ रुपैंयाँ ऋण लगानीमा रहेको जानकारी दिए ।

उनले सदस्यहरुको आत्मनिर्भरताको लागि स्वआर्जन, सामाजिक, सांस्कृतिक र आर्थिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको जनाए । त्यसैगरी संस्थाले सहकारी व्यवसायको माध्यमबाट गाउँ गाउँमा रहेका उद्यमशील महिलाहरुलाई संगठन गराई लघुवित्त कार्यक्रम संचालन गरेको जानकारी दिए ।

अध्यक्ष खड्कले सहकारीले सधैं पैसा राख्ने, झिक्ने मात्र नभई सामाजिक, आर्थिक, साँस्कृतिक सुरक्षामा पनि केन्द्रित बनाउनु पर्ने बताए । संस्थाले सूर्यविनायक नगरपालिका ४ गाम्चामा आफ्नै चार तल्लाको आधुनिक बहुउद्देश्यीय भवनबाट सेवा दिइरहेको जानकरी दिए । संस्थाले यस आवमा १६ लाख ३८ हजार ८२८ रुपैंयाँ राजश्व भुक्तानी गरेका उनले बताए ।

सभामा संस्थाका सचिव विदुर खड्काले आव ०८० / ८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आव ०८१ / ८२ का प्रस्तावित कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । उनले संस्थाले महिला तथा फरक क्षमता भएका सदस्यहरुलाई ५सय नगद सहित दोसल्ला ओडाई सम्मान गरिएको जानकारी दिए ।

त्यसैगरी संस्थाका शेयर सदस्य कुनै पनि कारणवस बिरामी भई अस्पताल भर्न भएमा १ महिना सम्म निव्र्याजी चलन गर्न पाईने औषधी उपचार ऋण २० हजारसम्म उपलब्ध गराउने व्यवस्था मिलाएको जनाए । दुईवटा बच्चा सम्म सदस्य सुत्केरी पोषण कोसेली र २ हजार रुपैंयाँ प्रदान गर्दैआएको र नवजात बच्चालाई निःशुल्क बाल सदस्यता प्रदान गरेको जानकारी दिए ।

संस्थाले यो वर्र्ष २३ जनालाई सुत्केरी पोषण वितरण गरिएको जनाए । त्यसैगरी सचिव खड्काले सदस्य तथा एकाघरको परिवारको सदस्यको मृत्यु भएमा ५ हजार रुपैंयाँका दरले यो वर्ष ५२ जनालाई २ लाख ६० हजार राहत बितरण गरेको जनाए ।

त्यसैगरी सदस्यहरुका छोरारछोरी मध्ये एसइई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र अनिस बुढाथोकी र छात्रा दिप्रश्ना बस्नेतलाई “गाम्चा बचत प्रतिभा पुरस्कारबाट सम्मान गरिएको जानकारी दिए । संस्थाले राहत कोष तथा सुत्केरी पोषण कोष स्थापन गरी सदस्यलाई राहत प्रदान गरिरहेको जनाएका छन् ।

लघुवित्त कार्यक्रम सम्बन्धी गोष्ठी, सीपमुलक र आयमुलक तालिम, सहकारी शिक्षालगायतका कार्यक्रमहरु नियमित संचालन गरिरहेको सभामा जानकारी गराए । त्यसैगरी संस्थाले लघुवित्त समुह ऋण, कृषि ऋण, व्यवसाय ऋण, सदस्य जमानी ऋण, सवारी कर्जा, आपतकालिन ऋण, औषधोपचार ऋण, आदि प्रदान गरिरहेको सभामा जानकारी दिइएको छ।

संस्थाले सदस्यहरुले उत्पादन गरेका, फूल, अन्न, तरकारी, फलफूल आदिको बजार व्यवस्थापनमा सघाएको, निजि तथा सामुदायिक विद्यालयहरुमा सहकारी शिक्षा सम्बन्धी कार्यक्रम संचालन गर्ने गरेको जानकारी दिइएको छ । त्यसैगरी संस्थाले स्थापना कालदेखि नै आफ्नो कार्यक्षेत्रको सामुदायिक विद्यालय अरनिको उच्च माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुको लागि १५ हजार रुपैयाँ छात्रवृति प्रदान गरिएको जनइएको छ।

उक्त छात्रवृति संस्थाका सदस्य अस्ट्रेलिया निवासी विनोद खड्काबाट संस्थाका बिपन्न, जेहेन्दार सदस्यका छोरा छोरीलाई प्रदान गर्न ३५ हजार प्रदान गरिएकोमा संस्थले ७ जना विद्यार्थीलाई वितरण गरिएको सभामा जानकारी दिएको छ ।

संस्थाले आम्दानीबाट वितरण गर्ने गरी ११ प्रतिशत शेयर प्रोत्साहन खर्चबापत बितरण गर्ने जनाएको छ । संस्थाले यसै आवदेखि “युवा लक्षित सदस्यता अभियान चलाउने र युवा सदस्य बन्न चाहेमा प्रवेश शूल्क छुट दिईने जनाएको छ । संस्थाका संचालक समिति विभिन्न उपसमिति, महिला समुह संयोजक, कर्मचारी हरुलाई उदघोषण तालिम संचालन गरिएको सभामा जानकारी दिइएको छ ।

संस्थाले विभिन्न सामाजिक तथा सास्कृतिक सम्पदा जगर्नाका निम्ति कार्यक्रम गरिएको जनाइएको छ । यसैगरी संस्थाले चित्रपुर आधारभुत विद्यालयमा अध्ययनरत ७० जना छात्र छात्राहरुलाई निःशुल्क शैक्षिक सामाग्री लगायत दिवा खाजा वितरण गरिएको जनाइएको छ ।

सभामा संस्थाका कोषाध्यक्ष सुशिल खड्काले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक सविता भट्टराइले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाका अपाध्यक्ष देवलाल राजथलाले स्वागत मन्तब्यका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment