हाइलाइट

स्टार सहकारीको साधारण सभा सम्पन्न 

स्टार सहकारीको साधारण सभा सम्पन्न  :: Sahakari Akhabar

विराटनगर । स्टार वहुउद्देश्यीय सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा शनिबार विराटनगरमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले गरेका थिए ।

कार्यक्रममा बोल्दै अधिकारीले  मुलुकको आर्थिक सम्बृद्धिका लागि सहकारीको महत्व रहेको बताए । सहकारीका बारेमा पछिल्लो समयमा अनेक नकरात्मक कुराहरु आइरहेकाले सबै सहकारी संस्थाहरु यसतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए ।

उनले समाज रुपान्तरणका लागि सहकारी कुशल माध्यम हुने पनि उल्लेख गरे । संस्थाका अध्यक्ष रमेश प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघकी संचालक योगमाया सुवेदी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरका क्याम्पस प्रमुख डा. रामवतार शरण, विराटनगर महानगर पालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामत, वडा नं. १४ का वडाध्यक्ष सूर्यनारायण महत्तो, पूर्व माननीय बसन्ती देवी यादव, लेखा समितिका संयोजक रवि रोक्का, संचालक सूर्यनारायण यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाको अवसरमा स्व. ओम प्रकाश गोयल–स्टार छात्रवृत्ति अन्तर्गत बिभिन्न सरकारी विद्यालयवाट यस बर्षको एसइइ  उत्तिर्ण ११ जना विधार्थीलाई जनही ७ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो । साथै बेनु ÷सीता देवी, पर्शुराम प्रसार्ई–स्टार अक्षय कोषबाट विराटेश्वर बृद्ध आश्रमको भवन निर्माण कार्यका लागि आवश्यक ३० बोरा सिमेन्ट वितरण  गरिएको थियो ।

साधारण सभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले संस्थामा हाल  ४ करोड १० लाख ७ हजार शेयर पूँजी रहेको र संस्थामा अषाढ मसान्त सम्ममा २ हजार ४ सय ९६ जना शेयर सदस्य रहेका, संस्थाको निक्षेप ३३ करोड ९४ लाख, सदस्यहरु बिच ३३ करोड ३३ लाख कर्जा लगानि रहेको जानकारी दिए । 



Leave a comment