काठमाडौं । काभ्रेको बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको साधारण सभा पाँचखाल, नाला, धुलिखेल र बनेपा एकाइमा क्रमशः असोज १४ गतेदेखि १७ गतेसम्म एकाइगतरुपमा सम्पन्न गरी शनिबार निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो ।
सभाले अध्यक्षमा पुनः कैलाश केसीलाई चयन गरेको छ भने सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश भुर्तेल, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम केसी, सहसचिवमा गीता कुँवर क्षेत्री र सह–कोषाध्यक्षमा राधाकृष्ण श्रेष्ठ चयन भएका छन् ।
त्यस्तैगरी सञ्चालक समितिको सदस्यहरुमा हरिराम कुइकेल, गायत्री खड्का, भवानी केसी, सुनिता मल्ल ठकुरी र अर्मेसा लामा चयन भएका छन् ।
त्यसैगरी सभाले पूर्णबहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्वारोध चयन गरेको छ । लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा शर्मिला नेपाल र दिपक केसी चयन भएका छन् ।
साधारण सभाले विभिन्न प्रतिवेदनहरु सर्वसम्वत रुपमा पारित गरेको छ । साथै सभाले सदस्यहरुलाई १० प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने निर्णय गरेका छ ।
यसका साथै संरक्षित पुँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई २.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई २.५ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।
संस्थाको आर्थिक वर्ष २०८० / ०८१ को अन्त्यमा संस्थाको कुल सम्पत्ति २ अर्ब ७६ लाख, कुल बचत १ अर्ब ५८ करोड ५ लाख , शेयर पुँजी १६ करोड ५७ लाख, लगानीमा रहेको ऋण १ अर्ब ३५ करोड ६१ लाख, संस्थागत पूँजी १६ करोड ६२ लाख र सञ्चालन मूनाफा ५ करोड ६२ लाख रहेको छ ।
Leave a comment