शिरडी साकोसको अध्यक्षमा पून : पराजुली

शिरडी साकोसको अध्यक्षमा पून : पराजुली :: Sahakari Akhabar

विराटनगर । शिरडी बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर ४ ले अधिवेशन सहितको १२ औं बार्षिक साधारण सभा शनिबार विराटनगरमा सम्पन्न गरेको छ ।

सहकारीका अध्यक्ष बलराम पराजुलीको अध्यक्षता तथा विराटनगर महानगरपालिका सहकारी शाखा प्रमुख चाँदनी राईको प्रमुख आतिथ्यतामा भएको साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष पराजुलीले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार सहकारीको शेयर पूँजी १ करोड १५ लाख ०९ हजार ९०० सय रुपैया रहेको छ । आर्थिक बर्ष २०७९ / ०८० मा २ करोड ६१ लख ६७ हजार ५ सय रुपैया  बचत संकलन गरेको छ ।

सहकारीले २ करोड २८ लाख १४ हजार ०४२ रुपैया  बचत फिर्ता भई १ करोड २० लाख ९० हजार ४८५ रुपैया निक्षेप बाँकी रहन गएकोमा आर्थिक बर्ष २०८० / ०८१ म १ करोड ४० लाख १५ हजार ८९९ रुपैया बचत संकलन र १ करोड २३ लाख ५३ हजार २९९ रुपैया बचत फिर्ता भई १ करोड २९ लाख ४६ हजार ७८७ रुपैया निक्षेप बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै सहकारीको आर्थिक बर्ष २०७९ / ८० मा कर्जाका विभिन्न शिर्षकमा २ करोड १९ लाख १० हजार लगानी गरेकोमा २ करोड ०६ लाख ४३ हजार ६१७ रुपैया असुली भइ १ करोड ५७ लाख ५५ हजार ५६३ रुपैया उठ्न बाँकी रहेकोमा आर्थिक बर्ष २०८०/ ०८१ मा कर्जाका विभिन्न शिर्षकमा १ करोड ९६ लाख ६८ हजार लगानी गरेकोमा १ करोड ८९ लाख ४० हजार ७३७ रुपैया असुली भइ १ करोड ६४ लाख ८२ हजार ८२९ रुपैया उठ्न बाँकी रहेको जनाईएको छ ।

सहकारीको कोष हिसाब ८ लाख ३९ हजार ३६९ रुपैया १४ पैसा रहेको छ । सहकारीमा ३२८ जना शेयर सदस्य रहेका छन् । जसमा महिला १५४ जना र पुरुष १७१ जना रहेका छन् भने संस्थागत सदस्य ३ रहेको छ ।

साधारण सभामा लेखा सुपरिवेक्षण समिति संयोजक सरोज दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका भने कोषाध्यक्ष लोकेन्द्र बहादुर कार्कीले बार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शेयर सदस्यका छोराछोरी मध्ये सबैभन्दा बढी अंक ल्याएर माध्यामिक तह कक्षा १२ उत्तिर्ण गर्ने सिजेरियल काफ्लेलाई नगद १ हजार सहित सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

जेष्ठ शेयर सदस्य बलिराम राजवंशीलाई नगद १२ सय सहित मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको थियो । असल ऋणी सुमन पौडेल र दैनिक बचत तर्फ उत्कृष्ट बचतकर्ता गोपाल सिवाकोटीलाई सम्ममान गरिएको थियो भने मासिक बचत तर्फ उत्कृष्ट बचतकर्ता सुलेखा कुमारीलाई सम्मान गरिएको थियो । साधारण सभाले सहकारीको बार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन बहुमतले पारित गरेको छ ।

सहकारीको अध्यक्षमा पून: पराजुली

शिरडी साकोसको अध्यक्षमा बलराम पराजुली पूनः सर्वसहमत निर्वाचित भएका छन् । उपाध्यक्षमा अर्जुन कुमार भटट्राई, सचिवमा भूपप्रसाद बास्तोला, सह-सचिवमा निर्मल कार्की र कोषाध्यक्षमा लोकेन्द्रबहादुर कार्की सर्वसहमत निर्वाचित भएको निर्वाचन समितिका संयोजक घमचन्द्र नेपालले जानकारी दिए ।

त्यसैगरी सदस्यहरुमा जीवननाथ दाहाल, नन्द बहादुर पौडेल, विमला निरौला, महेन्द्र बहादुर भट्टराई, मायादेवी खनाल पराजुली र सुशिला पोखरेल सर्वसहमत निर्वाचित भएका छन् ।

सहकारीको तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिको संयोजकमा सरोज दाहाल निर्विरोध निर्वाचित भएका छन् भने सदस्यद्धय उमेश कुमार श्रेष्ठ र कविता पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि संस्थाका अध्यक्ष पराजुलीले सदस्यहरुले विश्वास गरेर जिम्मेवारी दिएकाले सदस्यको विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अघिल्लो कार्याकाल सामान्य जस्तो लागेपनि अहिले कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेको भान भएको बताए ।

सदस्यको नाममा उनीहरुको हितको लागि सपथ लिएकाले सदस्यको अहित हुने खालका कुनै पनि काम नगर्ने प्रतिज्ञा गरेको बताउँदै जिम्मेवारीपूर्वक काम गर्नेमा जोड दिए ।

पछिल्लो समयमा केही सहकारीमा आएको समस्याका कारण अन्य सहकारीमा पनि समस्या आउने होकी भन्ने आशंकाहरु धेरै भएकाले आफूले नेतृत्व गरेको सहकारीमा समस्या आउन नदिनका लागि साना साना काममा पनि विशेष ध्यान दिने नवनिर्वाचित अध्यक्ष पराजुले बताए ।

उनले सञ्चालक समितिका पदाधिकारी तथा सदस्यलेहरुलाई समितिको वैठकमा नियमित उपस्थित हुनको लागि आग्रह गर्दै सपथ आएअनुसारको जिम्मेवारी वहन गर्न पनि आग्रह गरे ।



Leave a comment