हाइलाइट

लर्ड बुद्ध साकोसको २२ औ साधारण सभामा विभिन्न व्यक्तिहरु सम्मानित

लर्ड बुद्ध साकोसको २२ औ साधारण सभामा विभिन्न व्यक्तिहरु सम्मानित :: Sahakari Akhabar

काठमाडौं । मोरङको पथरीशनिश्चरे—२ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २२ औं साधारण सभामा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् ।

बिहिबार सम्पन्न सभामा संस्थाले उत्कृष्ट वचतकर्ता गंगा राई, खगेन्द्रकुमार सारु मगर, उत्कष्ट ऋण कारोबार गर्ने कमला राई, अर्जुन सेञ्चुरी र पूर्व सञ्चालक अमृता अधिकारी खत्रीलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं(७ का अध्यक्ष उद्धवराज बस्नेत, ३ नं वडा अध्यक्ष विजय लिम्बू, संस्थाका अध्यक्ष धनराज राई (अमिर), पूर्व अध्यक्ष दिलबहादुर तामाङ लगायतबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

संस्थाले सभामा ७० बर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई मासिक ८ सय ५० रुपैंयाँका दरले जेष्ठ नागरिक भत्ता वितरण गरेको थियो । जेष्ठ नागरिक जहरमान लिम्बू लगायतलाई एकमुष्ट भत्ता वितरण गरिएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष दोर्णबहादुर खड्काबाट आर्थिक प्रतिवेदन, सचिव महेन्द्र ढुङ्गानाबाट प्रगति प्रतिवेदन, लेखा समिति संयोजक चन्द्रप्रसाद खनालबाट लेखा प्रतिवेदन प्रस्तुत भएको थियो ।

सभामा ३ हजार ३ सय ५२ शेयर सदस्य, ७ सय ९७ जना बाल बचत कर्ता रहेको जानकारी दिइएको छ । त्यसैगरी संस्थामा २७ करोड ५९ लाख ६६ हजार ५ सय८९ कुल पुँजी रहेको जनाइएको छ ।

जस मध्ये २ करोड ५१ लाख ५८ हजार २०० शेयर पुँजी, २२ करोड ३ लाख २९ हजार ६ सय  ७२ निक्षेप रहेको छ । संस्थाले आर्थिक वर्ष २०८० / ०८१ मा ३४ करोड ४० लाख ९ सय ७० शुद्ध वचत (खुद नाफां)ं रहेको आर्थिक प्रगति प्रतिवेदन सभामा प्रस्तुत गरिएको छ।

गत आर्थिक वर्षमा ४५ लाख १८ हजार ७ सय ७५ खुद नाफा रहेको संस्थाका व्यवस्थापक गणेश राईले बताए । संस्थाले एक वर्षमा १६ लाख ४८ हजार ७ सय ८९ रुपैया सरकारलाई कर तिरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रम, विद्यालय स्तरीय वतृत्व कला प्रतियोगिता, निम्न वर्गीय शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति लगायत शैक्षित तथा समाजिक कार्यक्रमहरु गर्दै आएको छ ।



Leave a comment