काठमाडौ । हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारण सभामा जेष्ठ नागरिक सदस्यलाई दशै खर्च बितरण गरेको छ । त्यसैगरी संस्थाले विभिन्न विधामा उत्कृष्ट कारोवार गर्ने ९ जना सदस्यलाई सम्मान गरेको छ । संस्थाले सभामा ७० बर्ष पुगेका जेष्ठ नागरिक ६ जना सदस्यलाई अभिनन्दन गरेको छ भने २३ जना जेष्ठ नागरिक सदस्यलाई १ हजारका दरले दशै खर्च भत्ता सहित सम्मान प्रदान गरेको छ।
संस्थाका अध्यक्ष हरिशरण थापाको अध्यक्षता तथा कास्कूनका अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यता सहित संस्थाका सल्लाहकार, संचालक समिति, लेखा समिति, उपसमितिहरुके सहभगित रहेके थियो । सभाले आर्थिक वर्ष ०८० / ०८१ को प्रस्तुत प्रस्तावहरु पारित गरेको छ । सभामा संस्थाका उपाध्यक्ष जगनाथ कार्किले स्वागत तथाा संस्थाका सचिव रमेश रोकाले कार्यक्रम संचालन गरेका थिए ।
Leave a comment