काठमाडौं । सप्तरीको राजविराजमा रहेको आईडियल वचत तथा ऋण सहकारी संस्थाको २५औ वार्षिक साधारण सभाबाट नयाँ सञ्चलाक समित चयन भएको छ । निर्वाचन उप समितिका अनुसार संस्थाको संचालक समिति अध्यक्षमा गणेशकुमार आश, उपाध्यक्षमा विजयानन्द झा, सचिवमा शैलेश कुमार चौधरी र कोषाध्यक्षमा मञ्जु देवी साह निर्वाचित भएका छन् ।
त्यसैगरी सञ्चलक समितिको सदस्यहरुमा सुरजकुमार सिंह, हरिराम जोशी र कौशल्या कुमारी रजक चयन भएका छन् । संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा दिनेशकुमार साह कसेरा र सदस्यहरुमा डम्बरप्रसाद महतो र सुदामाप्रसाद सिंह निर्वाचित भएका छन् ।
पदास्थापना पछि आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गणेशकुमार आशले सहकारीमाथि हालसम्म राखेको विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाको नव निर्वाचित संचालक समिति र लेखा समिति पदाधिकारीहरुले एक कार्यक्रमका विच सपथ ग्रहण एवं पदास्थापना गरिएको छ ।
निर्वाचन उप–समितिका संयोजक राजेशकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई सथप ग्रहण एवं पदस्थापना गरिएको थियो । कार्यक्रममा संयोजक झाले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए भने झासहित निर्वाचन समितिका सदस्यहरुले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष मुरलीप्रसाद यादव, राष्ट्रिय सहकारी बैक राजविराज शाखाका प्रमुख विरबल राजबंशी लगायतले अब्बल सहकारीको रुपमा स्थापित गर्न सफल भएको भन्दै संचालक समिति तथा कर्मचारीहरुको प्रशंसा गरेका थिए ।
Leave a comment