हाइलाइट

जनसेवा साकोसकोे ३२ औं बार्षिक साधारण सभा सम्पन्न

जनसेवा साकोसकोे ३२ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । पोखरामा रहेकको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले ३२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष चेतनाथ गौतमको अध्यक्षतामा भएको साधारण सभामा कोषध्याक्ष टिकाराम आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी ३ करोड ६१ लाख,बचत संकलन ३२ करोड २२ लाख , ऋण लगानी २९ करोड २५ लाख  गरी  कुल कारोबार ४० करोड ४३ लाख पुगेको जनाइएको छ । संस्थाको संस्थागत पुँजी २ करोड ६८ लाख रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले गत आ।ब।मा ४२ लाख ६४  हजार नाफा आर्जन गर्न सफल भएको छ । सभाले सदस्यहरुलाई १२.३० प्रतिशत लाभांश प्रदान गर्ने भएको र लाभांश सदस्यहरुकै खातामा जम्मा गरिएको व्यवस्थापक प्रेमसागर अधिकारीले जानकारी दिए ।

संस्थाले विभिन्न कौषमा छुट्टाईएको रकम मध्ये शेयर  लाभांश कोषमा  छुटयाएको  रकमको आधारमा प्रति शेयर १२.३० प्रतिशत, कारोवारको आधारमा वितरण गरिने संरक्षित पूँजी फिर्ता कोषको रकम सदस्यहरुको नियमित बचत खातामा जम्मा गरि सकिएको संस्थाले जनाएको छ ।  उक्त रकम नगद लिन चाहने सदस्यहरुलाई  कार्यालय समय भित्र संस्थामा आफै उपस्थित भई लिन समेत आग्रह गरेको छ ।



Leave a comment