काठमाडौं । कैलालीको लम्किचुहामा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले दुईदिने तरकारी खेती सम्बन्धि तालिम तथा निशुल्क बिउ बिजन वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशको राजापुर समेतगरि २५ वटा शाखामा सीप सिकौ आत्म निर्भर बनौ भन्ने मुल नाराका साथ दुई दिने तरकारी खेती सम्बन्धि तालिम तथा निशुल्क बिउ बिजन वितरण कार्यक्रम गरेको हो।
भाद्र २५ गते बाट सुरु भएको तालिम तथा बीउ बितरण कार्यक्रम असोज २१ गते सम्म संचालन हुने जनाइएको छ । संस्थासंग जोडिएका सदस्यहरुलाई आफ्नो घर वरिपरिको जग्गालाई सदुपयोग गरि विषादी रहित स्वस्थ तरकारी उत्पादन गरि आफू र आफ्नो घरपरिवार स्वस्थ राख्नु कार्यक्रमको उद्देश्य रहेको संस्थाका मुख्य प्रवन्धक डम्बर शाहले बताए । संस्थाले हरेक वर्ष कृषि सम्बन्धि तालिम दिदै आइरहेको तथा यस वर्ष तराईका २५ वटा शाखामा करिब २ हजार ५०० देखि ३ हजारसम्म सदस्यहरुलाई उक्त तालिम प्रदान गर्ने लक्ष्य रहेको प्रवन्धक शाहको भनाइ छ ।
Leave a comment