हाइलाइट

हाम्रो साकोसले विपदमा परेका सदस्यलाई राहत बितरण गर्ने

हाम्रो साकोसले विपदमा परेका सदस्यलाई राहत बितरण गर्ने :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले विपदमा परेका सदस्यलाई राहत बितरण गर्ने भएको छ । संस्थाले हालै देशभर आएको अविरल वर्षाका कारण वाढी पहिरो तथा डुवानमा परि पिडित बनेका सदस्यलाई राहत दिने भएको हो ।

संस्थाले मृतक सदस्यको परिवारलाई सदस्य हित कार्यक्रम बमोजिम काज किरिया खर्च उपलब्ध गराउने भएको छ । त्यसैगरी गम्भिर घाइते भई अपस्पताल भर्ना हुने सदस्यलाई १० हजार राहत उपलब्ध गराउने जनाएको छ ।

सदस्यको घर भत्किएर बस्नै नमिल्ने भएको सदस्यलाई पनि १० हजार राहत उपलब्ध गराउने भएको छ । त्यसैगरी बाढी तथा पहिरोको कारण गाई भैसी मरेको अवस्थामा १० हजार राहत  उपलब्ध गराइने र पुनःनिर्माण तथा मर्मतका लागि सहुलियत व्याजदरमा ऋण सापटि उपलब्ध गराइने संस्थाले जनाएको छ ।

जिल्लाको महाँकाल गाउपालिका ३ गोटिखेलमा रहेको संस्थाको नमुना सेवा केन्द्रमा समेत विद्युत तथा सञ्चार सेवा अवरुद्ध भई सदस्य सेवा प्रभावित भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जनाए ।

उनले संस्थाले सदस्यको सुविधालाई मध्यनजर गदै अनलाईन तथा अफलाईन सेवा उपलब्ध गराइरहेको समेत जनाए । सेवा केन्द्रमा विद्युत सेवा सुचारु हुन अझै पनि केही दिन लाग्ने भएकोले अनलाइन सेवा प्रदान गर्न केहि समय लाग्ने उनको भनाइ छ।

संस्थाको मूल ध्येय नै सदस्य सेवा रहेकोले विपत्तिको अवस्थावाट सदस्यहरुको पुनस्र्थापनाका लागि संस्था स्थापनाकाल देखी नै सदस्य हितका लागि विपत्तीको मारमा परेका सदस्यहरुलाई राहत तथा हितका कार्यक्रम गर्दै आएको प्रमुख घिमिरेले जनाए ।



Leave a comment