हाइलाइट

सिएमसि कास्कीमा मोहनप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

सिएमसि कास्कीमा मोहनप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन :: Sahakari Akhabar

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीमा मोहनप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । गएको शुक्रबार सम्पन्न क्लबको ७औं वार्षिक साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यस अघि सचिव रहेका अधिकारी पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत छन् । नवनिर्वाचित समितिको उपाध्यक्षमा (सुरक्षा पालुवा साकोस) बाट विष्णुप्रसाद अधिकारी, सचिवमा लेखनाथ सामुदायिक साकोस)बाट शंकरप्रसाद पौडेल, कोषाध्यक्षमा (शुभसौगात साकोस बाट सन्तोष रानाभाट र सहसचिवमा (जनसेवा साकोस) बाट प्रेमसागर अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा (भावना सामुदायिक कृषि सहकारी)का दीपक थापा, (जयलक्ष्मी साकोसका सुशिल केसी, (घामपानी साकोस)का रविन्द्र तिवारी, (मातृभूमि साकोस)का श्रीराम सुवेदी, (पारिजात साकोस)का सन्तोष पौडेल र पिपल्स साकोस)का महेश पौडेल रहेका छन् ।

रोयल दिदिबहिनी किचनमा भएको क्लबको साधारण सभामा मानार्थ सदस्य भोजराज घिमिरे र भीम गुरुङको पनि उपस्थिती रहेको थियो । सीएमसी कास्की २०७५ सालमा स्थापना भएको हो । क्लबको संस्थापक अध्यक्ष पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका मुख्य प्रबन्धक मीलन ढकाल हुन् ।

त्यसपछि दुई कार्यकाल डम्बरसिंह बस्नेतले क्लबको नेतृत्व सम्हालेका थिए भने अपिल कोईरालाले पनि दुई कार्यकाल क्लबको नेतृत्व सम्हालेका थिए । एक÷एक वर्ष कार्यकाल रहेको क्लबको अपिल कोईरालाको दोस्रो कार्यकालबाट २ वर्षको अवधि बनाईएको थियो ।

सहकारीमा कार्यरत व्यवस्थापक एवं कर्मचारीहरुको साझा समाजिक संस्था क्लबले सहकारीहरुमा कार्यरत व्यवस्थापक एवं कर्मचारीहरुको ज्ञान, शिप, अनुभव, क्षमता विकासको साझा थलोको रुपमा विकास गर्नको लागि क्वालिटी सर्कलको रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्ने गरेको छ ।



Leave a comment