हाइलाइट

चण्डेश्वरी साकोसको वार्षिक साधारण सभामा ४० जना विद्यार्थीलाई सम्मान

चण्डेश्वरी साकोसको वार्षिक साधारण सभामा ४० जना विद्यार्थीलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १२ गते शनिबार संस्थाका अध्यक्ष नविनभक्त बादे श्रेष्ठको अध्यक्षता तथा संस्थाकी बयोबृद्धा सदस्य तुलसीमाया कटिलाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

साधारण सभामा एसइई २०८० मा उत्तिर्ण भएका ४० जना छात्र छात्राहरुलाई सम्मान गरेको थियो । संस्थाले ६ जनालाई ज्योती प्रकाश सैँजु स्मृती छात्रवृत्ति प्रदान गरेको छ भने उत्कृष्ट बित्तिय कारोबार गर्ने बचतकर्ता तथा ऋणी सदस्यहरुलाई पनि सम्मान गरेको छ ।

सभामा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष अमन पोटेको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथि पोटेले सहकारीहरु नितिविधि अनुरुप नचल्दाका कारण समस्या उत्पन्न भएको बताए ।

उनले चण्डेश्वरी साकोसले पछिल्लो समयमा एक्सेस ब्रोन्ज ब्राण्ड, सिल्भर ब्राण्ड, नेफ्स्कूनको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था २०८० लगायत बाट उपाधि प्राप्त गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताए ।

साधारण सभामा संस्थाका सचिव बुद्धरत्न मानन्धरले संस्थाको गत आव २०८० / ०८१ को नीति तथा कार्यक्रमको समीक्षा र आव २०८१ / ०८२ को वार्षिक नीति तथा कार्यक्रम योजना प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष गणेशकुमार रञ्जितले आव २०८० / ०८१ को लागि ११.५८ प्रतिशत लाभाशं बितरण गर्ने प्रस्ताव सभामा राखेका थिए ।

उनले संस्थाको आव २०८० / ०८१ को आर्थिक प्रगति समीक्षा र आव २०८१ / ०८२ को आर्थिक कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । त्यसैगरी, संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक रामप्रसाद श्रेष्ठले संस्थाको गत आव २०८० / ०८१ को समग्र समीक्षा प्रतिवेदन पेश गरेका थिए ।



Leave a comment