काठमाडौं । श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विश्वराम त्वायनाको अध्यक्षता एवं संस्थाका जेष्ठ सदस्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा नेमकिपा प्रदेश सांसद सुरेन्द्रराज गोसाईको विशेष आथित्यता रहेको थियो ।
सभामा संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद सुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै लाभांश कोषवाट सदस्यलाई लभांश बितरण गर्न सफल भएको बताए । उनले यस आर्थिक बर्ष ८.२५ प्रतिशत लाभांश बितरण गर्नसक्ने जानकारी गराए ।
संस्थाले आर्थिक वर्ष २०८० / ०८१ मा नेपाल लेखामान अनुसार एनएफआरएस प्रणलीमा लेखा परिक्षण गर्दा असार मसान्तसम्म ९९ करोड ७ लाख २२ हजार ९ सय ४५ रुपैयाको वासलात बिवरण पेश गरेक थिए । संस्थाले २ करोड ७ लाख ८९ हजार ५सय ४० रुपैया कुल नाफा आर्जन गर्न सफल भएको जानकारी दिए । सभामा कोषाध्यक्ष सुवालले संस्थाको शेयर पुँजी ७ करोड ७९ लाख ७९ हजार ९सय र सदस्य संख्या बाल वचतकर्ता समेत गरि ६ हजार ६ सय १० जना रहेको जानकारी दिए ।
सभामा वार्षिक प्रतिवेदन पेश गर्दै सचिव राधेश्याम सुवालले २०८० / ०८१को वार्षिक प्रगति प्रतिवेदन, विनियम संसोधन प्रस्ताव, आन्तरिक नीति नियम संसोधन प्रस्ताव पारित तथा अनुमोदनकालागि सभामा पेश गरेका थिए । त्यसैगरी उनले चालु आर्थिक बर्ष २०८१÷०८२ मा सहकारी ऐन नियम बमोजिम रही पल्स मापदण्डको आधारमा सदस्य बृद्धि गर्ने, शेयर पुँजी बृद्धिलाई निरन्तरता दिने, वचत बृद्धि गर्ने, संस्थाको कुल तरलता मध्ये कम्तीमा ५० प्रतिशत अल्पकालिन वित्तीय लगानीको रुपमा व्यवस्थापन गर्ने र कम्तिमा ७० प्रतिशत ऋण लगानी उत्पादनमूलक क्षेत्रमा जाने गरी परिचालन गर्ने बजेट प्रस्तुत गरेका थिए ।
सभामा संस्थाका वयोवृद्ध सदस्यहरुलाई सम्मान समेत गरेको थियो । त्यसैगरि कार्यक्रममा एसइई तह पुरा गरेका संस्थामा आवद्ध सदस्यहरु एवं संस्थाका सदस्य परिवारहरुका छोराछोरीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट ऋणी सम्मान, शेयर पूजी बृद्धि सदस्य सम्मान र सदस्यता बृद्धि सम्मान लगायतका सम्मान गरिएको जनाइएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष विश्वराम त्वायनाले दिगो सहकारीलाई आत्मसाथ गर्दै सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रविधिवारे जानकारीमुलक कार्यक्रमलाई विशेष जोड दिँदैं आइरहेको बताए । समुदायमा आधारित भएर सञ्चालन भएकै कारण बाराही साकोसले सदस्यहरुको विश्वास जित्न सफल भएको उनले बताए । कार्यक्रममा बागमति प्रदेशका सभासद सुरेन्द्रराज गोसाई, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरि वल्ल, नेफ्स्कूनका संचालक खेम सुवेदीले शुभकामना मन्तब्य राखेका थिए ।
नयाँ संचालक तथा लेखा समिति चयन
संस्थाको २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सभाले आगामी ४ बर्षे कार्यकालको लागि राधेश्याम सुवालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । राधेश्याम सुवाल यस संस्थाका संस्थापक अध्यक्ष एव भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष हुन् ।
त्यसैगरी सभाले संस्थाको उपाध्यक्षमा बलराम प्रजापति, सचिवमा विष्णुप्रसाद सुवाल र कोषाध्यक्षमा रत्नकेशरी सुखुपायोलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा विश्वराम त्वायना, पुनेन्द्र प्रसाद कुसी, शर्मिला मानन्धर, कृष्ण प्रजापति, पुर्णप्रसाद दुवाल, सृजन ग्वाछा, चंचल कर्मचार्य चयन भएका छन । त्यसैगरि सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा वालकृष्ण नागा, सदस्यहरुमा लक्ष्मी जाकिवन्जार र शिवराम मानन्धर सर्वसम्मत चयन भएको निर्वाचन उसमितिले जनाकारी दिएको छ ।
Leave a comment