काठमाडौं । मोरङको पथरी शनिश्चरेमा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । एकाइगत रुपमा सभा गरेको संस्थाले असोज ३ गते समापन सभा गरेको हो ।
संस्थाले शनिश्चरे र जाँते सेवाकेन्द्रमा भदौ २९ गते, समाजकल्याण सेवाकेन्द्रमा भदौ ३० गते र मुख्य कार्यालय पथरीमा भदौ ३१ गते साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष युवराज भट्टराईको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
सभामा सञ्चालक समितिका तर्फबाट सचिव मिनबहादुर ठकुरीले संस्थाको बार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक वर्ष ०८१ / ८२ को कार्ययोजना प्रस्तुत गरेका थिए । उनले यस आवमा २३४ जना बाल बचतकर्ताले संस्थाबाट जन्मदिनको उपहार लिएको, सदस्यको निधनमा ३६ जनाको परिवारलाई ३ लाख ७३ हजार, सदस्यहरुको १४४ आफन्तको निधनमा मृत्यु सस्कार खर्च २ लाख ८८ हजार र सदस्य सुत्केरी खर्चबापत ७४ जना सदस्यलाई १ लाख ११ हजार गरि सदस्य राहत कार्यक्रममा ७ लाख ७२ हजार बितरण गरेको जनाए ।
त्यसैगरी संस्थाले उत्कृष्ट कर्मचारी दिपक भट्टराई, उत्कृष्ट ऋण कारोबारकर्ता महेश सुब्बा र मनमाया खड्कालाई सम्मान तथा पुरस्कृत गरेको सभामा जानकार दिए । त्यसैगरी संस्थाले जेष्ठ सदस्यलाई न्यानो कपडा बितरण गरेको, साथै ८६ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको पनि जनाइएको छ।
संस्थाले यसै आर्थिक वर्षमा सफल ब्यवसायी, बचत प्रवर्धन, उत्कृष्ठ दैनिक बचतकर्ता, उत्कृष्ठ जेष्ठ बचतकर्ता, उत्कृष्ठ नियमित बचतकर्ता, उत्कृष्ठ बााल बचतकर्ता र दुई छोरी भई स्थायी बन्ध्याकरण गर्ने सदस्यलाई पुरस्कृत गरेको सभामा जानकारी दिइएको छ ।
त्यसैगरी संस्थाले गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने सदस्यलाई सम्मान गरिएको जानकारी दिइएको छ । सभामा संस्थाका कोषाध्यक्ष कमलबहादुर भट्टराइले संस्थाको आर्थिक प्रगती प्रतिवेदन तथा आगामी बजेट प्रस्तुत गरेका थिए । उनले ४५ करोड ५६ लाख ३ हजार २२९ रुपैंयाँ बचत तथा ४७ करोड ९६ हजार ६५७ रुपैंयाँ ऋण लगानीमा रहेको जानकारी दिए ।
त्यसैगरी संस्थामा ५ करोड ८९ लाख ७१ हजार सेयर पूँजी रहेको र ५ करोड ८९ लाख ५५ हजार जगेडा कोषमा रहेको जनाए । संस्थाले ६ करोड ४८ लाख ५२ हजार आम्दानी गरी ५ करोड २५ लाख ३० हजार खर्च गरेको जनाएको छ । संस्थाले यस आवमा १ करोड २३ लाख २१ हजार कर अघिको बचत गरेको जनाएको छ।
तीन बटा सेवाकेन्द्र र मुख्य कार्यालयबाट सेवा दिइरहेको संस्थामा ८ हजार १० सदस्य तथा १ हजार ७०० बाल बचतकर्ता रहेको जनाइएको छ । २ पटक एक्सेस ब्रोन्ज र १ पटक एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्थाले सदस्यहरुका लागि रेमिट सेवा, मोवाईल बैङ्किङ सेवा, मिसकल बैङ्किङ, फोन पे क्यूआर, इ–टेलर, इ–पेमेन्ट जस्ता सेवाहरु प्रदान गरिरहेको छ । संस्थाले अनलाईन मार्फत सदस्य सन्तुष्टि सर्भेक्षण गर्ने गरेको जनाइएको छ ।
Leave a comment