हाइलाइट

जनमुखी साकोसमा दहालको अध्यक्षतामा नयाँ समिति चयन

जनमुखी साकोसमा दहालको अध्यक्षतामा नयाँ समिति चयन :: Sahakari Akhabar

काठमाडौं । दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थामा माधवप्रसाद दहालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थाको २७ औं बार्षिक साधारण सभाले आगामी ४ बर्षे कार्यकालको लागि संचालक समितिको बरिष्ठ उपाध्यक्षमा गीताकृष्ण शर्मा, उपाध्यक्षमा कृष्णकुमारी बस्नेत र सचिवमा लक्ष्मण चौलागाई निर्विरोध चयन गरेको छ ।

त्यसैगरी समितिको सह सचिवमा मोहनकुमार खड्का, कोषाध्यक्षमा तोयानाथ दहाल चयन भएका छन् । त्यसैगरी संचालक सदस्यहरुमा सुमनकुमार मोक्तान, यज्ञराज खतिवडा, मन्दिरा दहाल, सुशिला खतिवडा, रमेश बस्नेत, तारादेवी बस्नेत, प्रेमप्रसाद न्यौपाने, अर्जुन काफ्ले, सावित्री घिमिरे, कमलप्रसाद चौलागाई र गीता भुजेल चयन भएका छन् ।

सस्थाले सेवा केन्द्रका आधारमा प्रतिनिधित्व हुने गरी सञ्चालक समिति चयन गरेको जनाएको छ । संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा माधवप्रसाद दहाल र सदस्यहरुमा बिन्दा पराजुली र केशवप्रसाद दहाल निर्विरोध निर्वाचित भएको जनाइएको छ । संस्थाले सदस्यहरुको सहजतालाई मध्यनजर गरेर चारवटा एकाईमा साधारण सभा सम्पन्न गरेको जनाएको छ।

सभामा अध्यक्ष दहालले सदस्यहरुको हितलाई प्राथमिकतामा राखेर वित्तीय पारदर्शिता र अनुशासनमा रहेर संस्थाले वित्तीय कारोबार गर्दै आएको बताए । संस्थाले ग्रामीण र दुरदराजका जनतालाई समेत वित्तीय सेवा प्रदान गर्न सेवा केन्द्र विस्तार गरेको जानकारी दिए ।

‘गुणस्तरीय व्यवसायिक, विश्वसनिय र दिगो सहकारी  संस्था’ को परिकलपना र ‘सहकारी सुशासनमा रही प्रविधिमैत्री  वित्तीय सेवा मार्फत सदस्यहरुको आर्थिक जीवनस्तर उकास्ने’ ध्येयका साथ चार बर्षे रणनीतिक योजना तयार गरको उनले बताए ।

संस्थाका कोषाध्यक्ष राजन केसीले आव २०८० / ८१ को वित्तीय विवरण प्रस्तुत गर्दै शेयर सदस्य २२ हजार ६ सय, शेयर पुँजी १० करोड ९६ लाख १४ हजार, संस्थागत पुँजी ९ करोड २ लाख ३२ हजार, बचत संकलन १ अर्ब १० करोड ८० लाख, ऋण लगानी १ अर्ब  २ करोड ९५ लाख र खुद बचत १ करोड ७ लाख ८५ हजार गरेको जानकारी दिए । संस्थाले सदस्य हित कार्यक्रम, विद्यार्थी छात्रवृति कार्यक्रम, सामाजिक तथा मानविय कार्यक्रम,सदस्य सम्मान तथा पुरस्कार जस्ता थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएको जनाए ।

संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्न संस्थाले प्रविधिको प्रयोगलाई आत्मसात गरेर अगाडि बढेको बताए । संस्थाले नेफ्स्कूनले सञ्चालन गरेको प्रोवेशन ब्राण्ड पाइसकेको र अहिले अक्कुले सञ्चालन गरेको एक्सेस ब्राण्ड कार्यक्रममा सहभागि भएको उनले जानकारी दिए ।



Leave a comment